कुलदेबताको दर्शनका लागि तत्कालिन राजा ज्ञानेन्द्र आलमदेवी तिर प्रस्थान ।
वालिङ :
कुल देबताको मन्दिरको दर्शन तथा पुजाको लागि तत्कालिन राजा ज्ञानेन्द्र स्याङ्जाको आलमदेवी मन्दिर तर्फ प्रस्थान गर्नु भएको छ । हिजो वालिङको होटल भेनसमा बस्नु भएका शाह आज बिहानै मन्दिर तर्फ प्रस्थान गर्नु भएको हो ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थित शाह वंशको कुलमन्दिर आलमदेवीमा पुजा गर्ने कार्यक्रम रहेको बताईएको छ ।
तत्कालिन राजाको स्वागतमा वालिङमा समर्थकहरुको भिड लागेको थियो । नेपालमा गणतन्त्र आएपछि पहिलो पटक तत्कालिन राजा शाह कुलपुजाका लागि आलमदेवी मन्दिरमा आएको सचिवालयले जनाएको छ । प्रजातन्त्र दिवसको दिन अब देशका लागि साथ दिन सबै नेपालीलाई आग्रह गरेको सन्देश सहितको शुभकामना दिनु भएका शाहले कुलपुजामा आउनुलाई विशेष रुपले हेरिएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


