कुलदेबताको दर्शनका लागि तत्कालिन राजा ज्ञानेन्द्र आलमदेवी तिर प्रस्थान ।

वालिङ :
कुल देबताको मन्दिरको दर्शन तथा पुजाको लागि तत्कालिन राजा ज्ञानेन्द्र स्याङ्जाको आलमदेवी मन्दिर तर्फ प्रस्थान गर्नु भएको छ । हिजो वालिङको होटल भेनसमा बस्नु भएका शाह आज बिहानै मन्दिर तर्फ प्रस्थान गर्नु भएको हो ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थित शाह वंशको कुलमन्दिर आलमदेवीमा पुजा गर्ने कार्यक्रम रहेको बताईएको छ ।
तत्कालिन राजाको स्वागतमा वालिङमा समर्थकहरुको भिड लागेको थियो । नेपालमा गणतन्त्र आएपछि पहिलो पटक तत्कालिन राजा शाह कुलपुजाका लागि आलमदेवी मन्दिरमा आएको सचिवालयले जनाएको छ । प्रजातन्त्र दिवसको दिन अब देशका लागि साथ दिन सबै नेपालीलाई आग्रह गरेको सन्देश सहितको शुभकामना दिनु भएका शाहले कुलपुजामा आउनुलाई विशेष रुपले हेरिएको छ ।

Facebook Comments Box
TOP