निर्वाचन दिवस पारेर कार्यालय भवन उदघाटन

स्याङ्जा ७ फागुन । निर्वाचन दिवसको अवसर पारेर कार्यालय भवनको उदघाटन गरिएको छ । नवौ निर्वाचन दिवसका दिन जिल्ला निर्वाचन कार्यालय स्याङ्जाको कार्यालय भवनको उद्घाटन गरिएको हो ।

दिवसको अवसर पारेर निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाद्धाले भर्चुअल माध्यमबाट कार्यालय भवनको उद्घाटन गर्नुभएको हो ।

वि स २०७९ बैशाख २३ गते निर्माणको लागि कार्यसम्झौता भई कार्यालय निर्माण कार्य सुरु भएको थियो भने वि स २०८१ बैशाख १५ गते निर्माण कार्य सम्पन्न भएको थियो । कुल १ करोड ९० लाखको लागतमा निर्माण भएको बताइएको छ । गएको बैशाख ३० गतेदेखी नै नवनिर्मित कार्यालयबाट कार्यालयका सेवा दिदै आएको कार्यालय प्रमुख श्रीराम थापाले जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भर्चुअल माध्यमबाटै जिल्ला निर्वाचन कार्यालय स्याङ्जासंगै जिल्ला निर्वाचन कार्यालय दोलखा र जिल्ला निर्वाचन कार्यालय डडेल्धुराको पनि उद्घाटन गर्नुभएको छ ।

Facebook Comments Box
TOP