निर्वाचन दिवस पारेर कार्यालय भवन उदघाटन
स्याङ्जा ७ फागुन । निर्वाचन दिवसको अवसर पारेर कार्यालय भवनको उदघाटन गरिएको छ । नवौ निर्वाचन दिवसका दिन जिल्ला निर्वाचन कार्यालय स्याङ्जाको कार्यालय भवनको उद्घाटन गरिएको हो ।
दिवसको अवसर पारेर निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाद्धाले भर्चुअल माध्यमबाट कार्यालय भवनको उद्घाटन गर्नुभएको हो ।
वि स २०७९ बैशाख २३ गते निर्माणको लागि कार्यसम्झौता भई कार्यालय निर्माण कार्य सुरु भएको थियो भने वि स २०८१ बैशाख १५ गते निर्माण कार्य सम्पन्न भएको थियो । कुल १ करोड ९० लाखको लागतमा निर्माण भएको बताइएको छ । गएको बैशाख ३० गतेदेखी नै नवनिर्मित कार्यालयबाट कार्यालयका सेवा दिदै आएको कार्यालय प्रमुख श्रीराम थापाले जानकारी दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भर्चुअल माध्यमबाटै जिल्ला निर्वाचन कार्यालय स्याङ्जासंगै जिल्ला निर्वाचन कार्यालय दोलखा र जिल्ला निर्वाचन कार्यालय डडेल्धुराको पनि उद्घाटन गर्नुभएको छ ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


