प्रजातन्त्र दिवस मनाईयो

वालिङ :
स्याङ्जामा विविध कार्यक्रमगरि राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ । जिल्ला समन्वय समिति स्याङ्जाको आयोजना र पुतलीबजार नगरपालिकाको सहआयोजनामा प्रभातफेरी सहित कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको हो । कार्यक्रममा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले सलामी अर्पण गरेका थिए । कार्यक्रममा बोल्दै संघिय सांसद राजु थापाले अब देशमा कुनै पनि आन्दोलनको आवश्यकता नरहेको बताउनुभयो । उहाँले २०७२ सालमा बनेको संविधान उत्कृष्ट संविधान बनेको र अब त्यसको कार्यान्वयन तर्फ सबैले ध्यान दिन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्री प्रसाद जि टी, उपप्रमुख खड्गराज सुवेदी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, काँग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल, नेकपा माओवादी केन्द्रका अध्यक्ष लोकेन्द्र थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैहे्र लगायतले २००७ फाल्गुन ७ गते १ सय ४ वर्षे जहाँनिया राणा शासनको अन्त्य भई सुरु भएको नेपाली जनताको क्रान्तिको यात्रामा आजसम्म धेरै उपलब्धिहरु हासिल भएका र ति सबै उपलब्धिहरुको संस्थागत गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजानुपर्ने बताउनुभएको थियो । पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक जिल्ला अधिकारी दीपक पौडेलले गर्नुभएको थियो । दिवस कै अवसरमा साँझ घर घरमा दीपावली र दीप प्रज्वलन गरिएको छ । जिल्लामा राष्ट्रिय प्रजातन्त्र दिवस फाल्गुन ६, ७ र ८ गते मनाउने निर्णय गरिए अनुरुप फाल्गुन ८ सम्म विभिन्न कार्यक्रम गरि मनाउने निर्णय भएको छ । -Radio aandhikhola

Facebook Comments Box
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…