स्याङ्जाको कफी जापान निर्यात

वालिङ:
स्याङ्जामै एक मात्र कफी प्रशोधन केन्द्र स्थापनाले जिल्ला भित्र तथा जिल्ला बाहिरका कृषकले उत्पादन गरेको कफी पल्पीङ गर्न सहज भएको छ । अर्जुुनचौपारी गाउपालीका –१ थापाथोकमा रहेको यो प्रसोधन केन्दमा्र २०६६ साल देखी कफी पल्पीङ केन्द्र सन्चालनमा आएको हो । जिल्ला कफी सहकारी संघले सञ्चालनमा ल्याएको प्रसोधन केन्द्रमा जिल्लाभरीवाट ७२ वटा सङकलन केन्द्रबाट आएको कफी जम्मा गरेर पल्पीङ गर्ने गरिएको छ ।
उत्पादन गरेको कफी बिक्री नभएर निरास बनेका कृषकका लागि अहिले बिक्री नहुने हो कि भन्ने समस्या समेत सामाधान यस प्रसोधन केन्द्रले गरेको छ । पछिल्लो समय जिल्लाको प्रसोधित कफी बिदेश निर्यात हुन थालेपछि किसानहरु कफी खेतिमा आर्कषित भएको संघका ब्यवस्थापक माया तिवारीले बताउनुभयो । कृषकले उत्पादन गरेको कफी प्रसोधन केन्द्रसम्म कृषक आफैले ल्याए ढुवानी खर्च समेत संस्थाले उपलब्ध गराउने गरेको छ ।
कफीको राम्रो मुल्य पाएपछी उत्पादन पनि बढेको छ भने जिल्लाको कफी जापान र नेपाली बजारमै अत्याधिक माग बढ्दै गएको तिवारीले बताउनुभयो । प्रसोधन केन्द्रमा मङसिर देखि चैत्र सम्म कफी पल्पीङ गरेर सोलार तथा घाममा सुकाउने गरिन्छ भने हलीङ गरीसकेपछी कफी बिदेश तथा नेपाली बजारमा पठाउने गरिन्छ । गत वर्ष मात्रै जिल्लावाट ३८ टन पार्चमेन्ट कफी र तीन हजार पाँचसय केजी ड्राईचेरी कफी जापान निर्यात भएको थियो । यो वर्ष गत वर्ष भन्दा २५ प्रतिशत उत्पादन घट्ने देखिएको तिवारीले बताउनुभयो ।
अहिले जिल्लामा तीन सय हेक्टरमा कफी खेती हुदै आएको छ भने साना चिया पसल देखि ठुला होटल सम्मनै सहजै कफी पाईन थालेपछी जिल्लामा कफी पिउने सँस्कार बढ्दै गएको कृषि ज्ञान केन्द्र स्याङ्का प्रमुख बिनोद हमालले बताउनुभयो ।  उत्तरतर्फ फर्किएको बाँझो पाखो बारीमा सहजै खेति गर्न मिल्ने कफी एकपटक लगाएपछी १० देखि १५ बर्षसम्म राम्रो उत्पादन हुने हमालले बताउनुभयो ।यहाँको पुतलीबजार, भीरकोट, चापाकोट, वालिङ नगपालिका, अर्जुनचौपारी, आधीखोला, फेदीखोला, हरिनास, कालिगण्डकी, बिरुवा गाउँपालिका कफी उत्पादन हुदै आएको छ । -रेडियो आँधीखोला
Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP