५२ जनाले रक्तदान गरे

वालिङ :
वालिङ ९ भुम्रेमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । होराईजन क्लब वालिङ-९ भुम्रे र भुम्रे नेवा समाजको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्र स्याङ्जाको प्राविधिक सहयोगमा सातधारा चोक होराईजन क्लबको भवनमा कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । ४४ पुरुष र ८ महिला गरी ५२ जनाले रक्तदान गरेका क्लबका अध्यक्ष शंकर श्रेष्ठले बताउनुभयो ।
Facebook Comments Box
TOP