सिद्धार्थ राजमार्गको स्त्तरोन्नतीको लागि सरकार प्रतिबद्ध : अर्थमन्त्री पौडेल।

स्याङ्जा :

नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थ मन्त्री बिष्णु पौडेलले सिद्धार्थ राजमार्गको स्त्तरोन्नतीको लागि सरकार प्रतिबद्ध भएको बताउनु भयो । राजमार्गको स्त्तरोन्नतीको आयोजना जिल्लाको सबै भन्दा महत्वपूर्ण योजना भएको उहाँको भनाई छ ।
विरुवा गाउँपालिकाको नयाँ प्रशासनीक भवनको उद्घाटन गर्नु हुँदै मन्त्री पौडेलले राजमार्गको घुम्ती कटान गर्दा झण्डै २५ किलोमिटर कम हुने जानकारी गराउनु भयो । राजमार्गको स्त्तरोन्नतीले पर्यटन पर्वर्धनका लागि महत्वपूर्ण रहेको बताउनु भयो ।
ज्याग्दीखोला करिडोर निर्माणका लागि आफूले पहल लिने अर्थमन्त्री पौडेलको भनाई छ । चापाकोट सिञ्चाईको पूननिर्माणका लागि सरकारको ध्यान रहेको उहाँले बताउनु भयो ।
विकासको लागि तीन तहको सरकार मिलेर काम गर्नु पर्ने संविधानले स्पष्ट गरेको भन्दै मन्त्री पौडेलले आआफ्नो अधिकारको सही प्रयोग गरेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभाका सदस्य राजु थापाले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको बताउनु भयो । नागरिकलाई सहज गराउन सरकार सक्रिय रहेको उहाँको भनाई छ । छोटो समयमा नेपालमा धेरै परिवर्तन आएको भन्दै बर्तमन् गठबन्धनले जनताको आवश्यक्ताका आधारमा काम गरिरहेको बताउनु भयो ।
नेकपा एमालेका सचिव एवं पूर्व मन्त्री पदमा कुमारी अर्यालगाउँपालिकाको प्रशासकीय भवन विकास समृद्धि र सहकार्यको प्रतीक भएको बताउनुभयो । अर्यालले योजनाबद्ध र व्यवस्थित विकास गर्न गाउँपालिकालाई सुझाव दिदै गाउँपालिकाको समृद्धि र विकासमा साथ सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टी., संघीयता पश्चात् जनताले घरदैलोमै प्रशासकीय सेवा प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवरले पालिकाको समृद्धिको लागि विभिन्न रणनीतिक महत्वका सडक, पक्की पुल, पालिकास्तरीय अस्पताल , पालिकास्तरीय खेलमैदान, मनकामना मन्दिरको विकासको लागि बजेट विनियोजन गर्न अनुरोध गर्दै अर्थमन्त्रीलाई मागपत्र बुझाउनुभएको थियो ।

समुद्घाटन समारोहमा गाउँपालिकाका पूर्व अध्यक्ष चुन प्रसाद शर्मा, पूर्व मन्त्री दिपक चर्ती मगर, प्रदेश सभा सदस्य सीता सुन्दास लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवरले पालिकाको समृद्धिको लागि विभिन्न रणनीतिक महत्वका सडक, पक्की पुल, पालिकास्तरीय अस्पताल , पालिकास्तरीय खेलमैदान, मनकामना मन्दिरको विकासको लागि बजेट विनियोजन गर्न अनुरोध गर्दै अर्थमन्त्रीलाई मागपत्र बुझाउनुभएको थियो।
प्रमुख प्रशासकिय अधिकृत भेषराज आचार्यले प्रशासकीय भवन १३ रोपनी क्षेत्रफलमा फैलिएको जानकारी दिनुभयो । प्रशासकीय भवनमा सुरक्षा गार्ड र क्यान्टिन सहित २९ वटा कोठा रहेका छन् । ७ करोड ९९ लाख ७० हजार १ सय ८१ रूपैयाँ लागतमा निर्माण भएको भवन निर्माणका लागि गिताश्री कृयटिभ जेभी २०७७ असार ३१ गते सम्झौता भएको थियो । २०८० मसिंर ९ मा निर्माण सम्पन्न भएको भवनबाट २०८१ साउन १ गतेदेखि सेवा प्रारम्भ भई सकेको गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवरले जानकारी दिनुभयो ।

 

 

Facebook Comments Box
TOP