वालिङमा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु ।
वालिङ,माघ २७ गते :
स्याङ्जाको वालिङमा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
वालिङ नगरपालिका–८ डुम्रीकोट स्थित सिद्धार्थ राजमार्गमा आईतबार राती भएको दुर्घटनामा स्याङ्जाको बिरूवा गाउँपालिक–७ घर भई हाल वालिङ नगरपालिका–९ क्याम्पसरोड बस्ने बर्ष १६ को शुसिल गुरूङको मृत्यु भएको हो ।
वालिङमोडबाट भकुण्डेतर्फ आँउदै गरेको ग.१ ख. ९४७२ नम्वरकोे ट्रक र सोही दिशाबाट आँउदै गरेको लु. ६९ प. ८०६७ नम्वरकोे मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाईकलको पछाडि सवार गुरुङ गम्भिर घाईते भई उपचारका लागि गह्रौं प्राथमिक अस्पताल लगिएकोमा चिकित्सकले तत्कालै मृत घोषणा गरेका हुन् ।
प्रहरीले ट्रक चालक र मोटरसाईकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


