वालिङमा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु ।
वालिङ,माघ २७ गते :
स्याङ्जाको वालिङमा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
वालिङ नगरपालिका–८ डुम्रीकोट स्थित सिद्धार्थ राजमार्गमा आईतबार राती भएको दुर्घटनामा स्याङ्जाको बिरूवा गाउँपालिक–७ घर भई हाल वालिङ नगरपालिका–९ क्याम्पसरोड बस्ने बर्ष १६ को शुसिल गुरूङको मृत्यु भएको हो ।
वालिङमोडबाट भकुण्डेतर्फ आँउदै गरेको ग.१ ख. ९४७२ नम्वरकोे ट्रक र सोही दिशाबाट आँउदै गरेको लु. ६९ प. ८०६७ नम्वरकोे मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाईकलको पछाडि सवार गुरुङ गम्भिर घाईते भई उपचारका लागि गह्रौं प्राथमिक अस्पताल लगिएकोमा चिकित्सकले तत्कालै मृत घोषणा गरेका हुन् ।
प्रहरीले ट्रक चालक र मोटरसाईकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


