वालिङ प्याथोलोजी तेस्रो बर्षमा,चार जिल्लाका नागरिकलाई सहज।

वालिङ,माघ १ गते :
स्याङ्जाका विरामीहरुलाई सहज गराउनका लागि वालिङमा सञ्चालन गरिएको ‘वालिङ प्याथोलोजी प्रालि’ तस्रो बर्षमा प्रवेश गरेको छ ।
जिल्लामा नै पहिलो पटक अत्याधुनिक उपकरणबाट रगत तथा दिशापिसावको परीक्षण गर्न भन्दै दुई बर्ष अगाडि वालिङमा प्रयोगशाला सञ्चालन गरिएको थियो ।
स्याङ्जा तथा आसपासका विरामीलाई सहज सेवा उपलव्ध गराउन भन्दै आफूहरुले गरेको प्रयास सफल भएको वालिङ प्याथोलोजीका अध्यक्ष मनोज खनालले बताउनु भयो । उहाँले भन्नुभयो,“रगतको सामान्य परीक्षण वालिङमा हुने गरेको भए पनि थाईराईड लगायतका परीक्षणका लागि पोखरा र पाल्पा जानु पर्ने बाध्यता थियो, जुन अहिले हटेको छ ।” रगतको नमुना लिएर पोखरा पठाउँदा यसको विश्वसनियता कमजोर हुने गरेको भन्दै विरामीको सहजताका लागि अत्याधुनिक प्रयोगशाला सञ्चालनमा ल्याईएको खनालले बताउनु भयो ।
प्रयोगशाला सञ्चालनमा आएसँगै स्याङ्जा सहित पाल्पा,पर्वत र गुल्मी लगायतका जिल्लाका नागरिकलाई सहजता आएको सञ्चालक सृजन खनालले बताउनु भयो । वालिङमा नै सहज सेवा पाउँदा जिल्लाका नागरिकलाई सजिलो भएको भन्दै आर्थिक भार समेत कम परेको खनालको भनाई छ ।
वालिङ नगरपालिका–९ तल्लो वालिङमा रहेको प्रयोगशालामा दैनिक एक सय जना भन्दा धेरैको रगत तथा दिशापिसावको नमुना परीक्षणका लागि आउने प्रयोगशालाका प्रमुख जय प्रसाद ठाकुरले बताउनु भयो ।
प्रयोगशाला तेस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा गरीएको कार्यक्रममा बोल्नुहुँदै गह्रौं प्राथमिक अस्पतालका ल्याव टेक्निसियन ईश्वर कोईरालाले अत्याधुनिक उपकरण सहित वालिङमा सञ्चालनमा आएको प्रयोगशालाले विरामीलाई सजिलो भएको बताउनु भयो ।
२०७९ माघ १ गते वालिङमा मनोज खनाल,सृजन खनाल,राजेश बस्नेत,अनिता रेग्मी कोईराला र शर्मिला कुमारी ठाकुर मिलेर अत्याधुनिक प्रयोगशाला सञ्चलनमा ल्याउनु भएको हो ।
तेस्रो बर्षमा प्रवेश गरेसँगै प्रयोगशालाले थप नयाँ उपकरणको साथमा रगत दिशापिसावको नमुना परीक्षणको काम शुरु गरेको जनाएको छ ।

Facebook Comments Box
TOP