स्याङ्जा महोत्सव तयारी सुरु
स्याङ्जा :
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको आयोजनामा फागुन ६ गतेदेखि हुने भएको ७ औं स्याङ्जा महोत्सवको तयारी तिव्र रुपमा भैरहेको छ । महोत्सवलाई भब्यरुपमा सफल बनाउन आज महोत्सव सचिवालयको उदघाटन गरिएको छ ।
सचिवालयको उदघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य दीपक लम्सालले महोत्सव सफल बनाउन सबैसंग सहकार्य गर्दै अघि बढ्नु पर्ने बताउनुभयो । बिगतमा भएका महोत्सवबाट सिको गर्दै आ आफना जिम्मेवारी बहन गर्दै अघि बढ्नु पर्ने उहाको भनाई छ ।
कार्यक्रममा गण्डकी प्रदेश उद्योग वािणज्य महासंघका कोषाध्यक्ष नवराज सुवेदी, च्याम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले जिल्लाको पहिचान गराउने अवसरका रुपमा रहेको महोत्सवलाई सबैले आ आफना क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव रविन केसीले गर्नुभएको थियो । आउदो फागुन ६ देखि १८ गतेसम्म पुतलीबजार नगरपालिका १ स्थित मालेबगरमा प्रदेश स्तरीय कृषि, पर्यटन, औधोगिक ब्यापार मेला आयोजना गरिने भएको हो ।
सचिवालय कक्षको उदघाटनपछि संघका बर्तमान तथा पूर्व पदाधिकारी एवं पूर्वसदस्य सहित बिभिन्न उपसमितिका सदस्यबीच महोत्सव बारे छलफल एवं अन्र्तक्रिया गरिएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


