बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री प्रदान ।
वालिङ,माघ ११ गते ।
कम्युनिटी सपोर्ट ग्रुप,स्याङजा शाखामा आवद्ध १७ जना विपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । दीर्घनारायण स्मृति सामाजिक विकास संस्था,वालिङ नगरपालिका-१०,स्याङजाले ग्रुपको सम्पर्कमा रहेका बिपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री,पोशाक तथा नगद वितरण गरेको हो । प्रति बालबालिका रु दुई हजार चार सय बराबर सामाग्री र नगद वितरण गरिएको संस्थाका अध्यक्ष सूर्यप्रसाद पौडेलले बताउनु भयो । १७ जना बालबालिकालाई ४० हजार आठ सय बराबराको सामाग्री र नगद वितरण गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्नुहुँदै जिल्ला अस्पताल स्याङजाकी एआरटि काउन्सिलर जावेदा खातुनले सहयोगी हातहरुका कारण ग्रुपको सम्पर्कमा रहेका बिपन्न बालबालिकाको पढाईलाई निरन्तरता दिन सहज भईरहेको बताउनु भयो । कम्युनिटी सपोर्ट ग्रुपमा आवद्ध र सम्पर्कमा रहेका बालबालिकालाई पढ्ने बातावरण बनाउन सबैले सहयोग गर्नु पर्नेमा उहाँको जोड छ ।
कम्युनिटी सपोर्ट ग्रुप स्याङजाकी कार्यक्रम अधिकृत मेनुका सेनले सहयोगको लागि दीर्घनारायण स्मृति सामाजिक विकास संस्थालाई धन्यवाद दिँदै निरन्तर सहयोगको अपेक्षा गर्नु भयो ।
सो अवसरमा संस्थाका अध्यक्ष पौडेलले संस्थाको बारेमा जानकारी गराउनु भएको थियो । केही महिना अगाडिबाट आफ्नो सामाजिक कार्य सुरु गरेको संस्थामा देश तथा विदेशमा रहेका ५० भन्दा धेरै सदस्य आवद्ध रहेका छन् । संस्थाले निरन्तर सामाजिक कार्य गर्ने योजना बनाएको अध्यक्ष पौडेलले बताउनु भयो ।
शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा संस्थाका संस्थापक सदस्य र आजीवन सदस्य, तथा कम्युनिटी सपोर्ट ग्रुपका सदस्यहरुको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


