वालिङका १८६ विद्यार्थीलाई वृत्ति मार्गनिर्देशन
सुशील सुवेदी/स्याङ्जा
पछिल्लो समय विद्यार्थीहरुमा भविष्यको अन्यौलता बढ्दै जान थालेको छ । माध्यमिक तह सम्पन्न गरेपश्चात विद्यार्थीमा भविष्यमा के गर्ने भन्ने अन्यौलता हुने गर्दछ ।
यस्तै समस्यालाई निराकरण गर्न सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय र वालिङ नगरपालिकाको सहकार्यमा वृत्ति मार्ग निर्देशन कार्यक्रम बुधबारबाट संचालन गरिएको छ ।
यहाँको चार विद्यालयलाई केन्द्र बनाएर कक्षा ९ मा अध्यायनरत १८६ जना विद्यार्थीलाई सहभागी गराईने शिक्षा अधिकृत गीता पाठकले बताउनुभयो ।
भविष्यको चिन्ता र अन्यौलतामा रहेका विद्यार्थीलाई सम्बोधन गर्न यो कार्यक्रम प्रभावकारी रहेको बताउँदै पाठकले भन्नुभयो , “दिगो तथा सम्मानित रोजगारीको लागि विद्यार्थीलाई आत्मसम्मान मिल्ने विश्वास लिएका छौं।”
पहिलो चरणमा सरस्वती मा.वि र पूर्णामृत भवानी मा.वि केन्द्रमा ९८ विद्यार्थीले सहभागिता जनाएका छन् । पहिलो चरणको कार्यक्रम २९ गते सम्म संचालन हुनेछ ।
कार्यक्रममा सहभागी भएपश्चात आँफूहरु धेरै खुसी भएको पुर्णामृत भवानी मा.वि कक्षा ९ मा अध्यायनरत विद्यार्थी ईसा न्यौपानेले बताउनुभयो ।
न्यौपाने भन्नुहुन्छ, “कार्यक्रम निकै प्रभावकारी लाग्यो । मेरो सानै देखिको लक्ष्य नर्सिङ बन्ने थियो तर त्यसमा धेरै सेक्टर हुन्छ भन्ने थहा थिएन अवसर अरु क्षेत्रमा पनि धेरै रहेछन् ।”
यस्तै दोस्रो चरणको कार्यक्रम माघ १४ देखि १९ सम्म रणविर जनहित मा.वि र बालशिद्ध मा.वि मा ८८ जना विद्यार्थीलाई समावेश गराईनेछ ।
आज भएको पहिलो चरणको कार्यक्रममा जनहित मा.विका प्रधानाध्यापक मातृका अर्याल, बाल शिद्ध मा.विका शिक्षक रेशम रेग्मी र हिमाली मा.वि का शिक्षक लोकराज खनालले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा वडा नं १३ का वडाअध्यक्ष नमलाल डुम्रे , पूर्णामृत भवानी मा.विका विद्यालय व्यवस्थापन समितिका सदस्य यमकान्त खनाल, प्रधानाध्यापकरु याम बहादुर कुँवर,विष्णु अर्याल र सीता गौंडेलले शुभकामना व्यक्त गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


