साहित्यकार डा.नेपाल सम्मानित
वालिङ, पुस २१ गते । साहित्यकार डाक्टर शैलेन्दुप्रकाश नेपाल जगत्रदेवी साहित्य सम्मान–२०८१ बाट सम्मानित हुनुभएको छ । स्याङ्जाको गल्याङमा भएको बृहत् काव्यगोष्ठीमा अधिकारीलाई सम्मान गरिएको हो ।
नेपाली भाषा–साहित्यको क्षेत्रमा पुर्याएकाे योगदानको कदर गर्दै सम्मानित गरिएको जगत्रदेवी साहित्य सङ्गमका अध्यक्ष चण्डिकाप्रसाद भट्टराइले जानकारी दिनुभयो ।
कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्तीको अवसर पारेर जगत्रदेवी साहित्य सङ्गम,गल्याङले आयोजना गरेको काव्यगोष्ठीमा नेपाल सहित साहित्यकार अमरविक्रम अधिकारीलाई पनि सम्मान गरिएको थियो । गल्याङ नगरपालिका–११ का अधिकारी हाल अमेरिकामा बस्दै आउनुभएको छ।
काव्यगोष्ठीमा कवि ध्रुवप्रसाद शर्मा पङ्गेनी, गजलकार डिल्लीराम भण्डारी, सुर्यप्रसाद डुम्रे, मिलन समिर,गजलकार सिर्जना खनाल, कवि सुमन भट्टराई, गजलकार झवनाथ बस्याल, कवि अमृता खनाल, गजलकार नारायणप्रसाद न्यौपाने, गजलकार गीता अधिकारी, कवि ऋषिराम भण्डारी, कवि बोधराज न्यौपाने, गजलकार आरती ढकाल पाठक, कवि हरिकला पाठक, कवि इन्द्रप्रसाद पाठक, कवि ढालबहादुर के.सी., अग्रज कवि लेखनाथ काफ्ले, कवि शिशिर पौडेल, कवि प्रेमबन्धु सुवेदी, अग्रज कवि चण्डिकाप्रसाद भट्टराई लगायतका साहित्यकारले आ–आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


