‘चन्द्रबहादुर सेन मसाने’ लोकार्पण

वालिङ :
आँधीखोले लोकगीतका अभिनायक ‘चन्द्रबहादुर सेन मसाने’ को लोकार्पण गरिएको छ । अग्रज साहित्यकार देवीप्रसाद वनवासीले लेख्नुभएको कृति मसानेको वालिङमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो ।
साहित्यकार वनवासीले आफ्नो ८५ औं वर्ष प्रवेशको अवसर पारेर पुस्तक सार्वजनिक गर्नुभएको हो । स्याङ्जामा साहित्यिक पुनर्जागरण ‘वैकल्पिक बाटो पृथक् पाइला’ को छटौं वर्ष प्रवेशको अवसरमा आयोजना गरिएको कार्यक्रममा कृतिको लोकार्पण गर्दै लेखक वनवासीले ओझेलमा परेको गायक मसानेको क्षमतालाई उजागर गरेको बताउनुभयो ।
पुस्तकमा चन्द्रबहादुर सेन मसानेका सन्दर्भमा २००७ सालअघि ख्याति कमाउनुभएको, दोहोरीगीतमा जितेर भुरे राजा गुप्तबहादुर खाँणबाट पाँच सय रुपियाँ बक्सिस पाएको इतिहास समेटिएको छ । यस्तै तत्कालीन राजा महेन्द्रबाट २०१५ र २०१८ सालमा आँधीखोले लोकगीत गाएर दुई पटक स्वर्ण पदक प्राप्त गरेको विषय समेटिएको छ । मसानेको ऐतिहासिक उपलब्धि र योगदानसहित विभिन्न आलेखहरु पुस्तकमा पाइन्छन् । पुस्तकमा आलेख खण्ड, अन्तर्वार्ता खण्ड, परिशिष्ट खण्ड र दस्तावेज खण्ड गरी ४ खण्डमा साहित्यिक सिर्जनाहरु समेटिएका छन् ।
कृतिको बारेमा वसन्त खनालद्वारा समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियोे भने देवीप्रसाद वनवासीको समग्र जीवनी, व्यक्तित्व र कृतित्वको बारेमा लक्ष्मीप्रसाद रेग्मीले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्तीको बारेमा चर्चा गरिएको ‘वैकल्पिक बाटो पृथक् पाइला’ साहित्यिक अभियानका संस्थापक संयोजक मिलन समीरले जानकारी दिनुभयो । कार्यक्रममा सहभागिहरुले आ—आफ्ना गीत,कविता गजललगायतका सिर्जना वाचन गरेका थिए ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…