गल्याङ जेसीजको अध्यक्षमा पाठक ।
वालिङ :
गल्याङ जेसीज वर्ष २०२५ को अध्यक्षमा ज्ञानेन्द्र पाठक निर्वाचित हुनु भएको छ । शनिबार भएको अधिबेशनले सहमतीका आधारमा पाठकलाई अध्यक्षमा चयन गरेको हो ।
नवगठित कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा प्रेम नारायण रेग्मी र प्रकाश पंगेनी चयन हुनु भएको छ । यस्तै उपाध्यक्षहरुमा गङ्गाधर कंडेल,नारायण अधिकारी,प्रकाश भट्टराई,प्रदिप भुषाल चयन हुनु भएको छ ।
नवनिर्वाचित अध्यक्ष पाठकले महासचिव,कोषाध्यक्ष, कानुनी सल्लाहकार लगायतका पदमा छिट्टै मनोनयन गर्ने जानकारी दिनुभयो ।
गल्याङ जेसीजको स्थापना कालदेखि नै सक्रिय पाठकले युवाहरुलाई समेटेर लैजाने जानकारी दिनुभयो ।

Facebook Comments Box
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


