भीरकोट जेसीजको पदस्थापन कार्यक्रम सम्पन्न

भीरकोट:
भीरकोट जेसीजको सातौं पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । १८ देखि ४० वर्ष सम्मका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने मुल अभिप्रायबाट  भीरकोट जेसीजकाे स्थापना भएकाे हाे ।

भीरकोट जेसीजको अधिवेशनबाट वर्ष २०२५ का लागि अध्यक्षमा निर्वाचित हुन सफल भीरकोटका  युवा व्यवसायी तथा समाजसेवी शिव प्रसाद खनालले वर्ष २०२४ का अध्यक्ष भरत खड्काबाट पद तथा गोपनीयताको शपथ लिनु भएकाे छ ।

कार्यक्रममा प्रमुख अतिथीको मन्तब्य राख्दै गण्डकी प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समिति सदस्य कल्पना तिवारीले आफू पनि जेसीज अभियानबाट प्रशिक्षित भएको बताउनु भयाे । देशमा भएका युवाहरुलाई समाजसेवामा लाग्न जेसीज अभियानले प्रेरित गरिरहेको जनाउँदै जेसीजले युवालाई स्वदेशमै बस्न सक्ने खालका कार्यक्रम बढाउदै लैजानुपर्नेमा तिवारीको जोड थियो ।

कार्यक्रममा बोल्दै भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले जेसीजमा समावेश भएका युवाहरुले पहिला आफूलाई परिवर्तन गरेर समाजमा सकारात्मक छाप पार्न सक्नुपर्ने बताउनु भयाे  । अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जेसीजको मूल मर्म अनुसार सदस्यहरूले हरेक ठाउँमा अनुशासनको पालना गर्दै सकारात्मक परिवर्तनका लागि नेतृत्व सहज रुपमा सर्वसाधारण समक्ष प्रस्तुत हुनुपर्ने बताउनु भयाे ।

कार्यक्रममा भीरकोट नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा भीरकोट जेसीजका मानार्थ सदस्य छायाराम खनाल, नेपाल जेसीज वर्ष २०२५ का उपाध्यक्ष अभिषेक दुलाल र मणि प्रसाद अर्याल, मानार्थ सदस्य याम प्रसाद अधिकारी, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष अमृत अर्याल, शुक्लागण्डकी जेसीज वर्ष २०२५ का अध्यक्ष प्रकाश विक, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नुवादत्त अर्याल, लायन्स क्लवका अध्यक्ष ढाकाराम खनाल, पब्लिक एकेडेमीका प्रधानाध्यापक देबकी रेग्मी, सृजना गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पद हस्तान्तरण कार्यक्रमको पहिलो कार्यक्रम वर्ष २०२४ का महासचिव विजय गुरुङले र पद हस्तान्तरण भइसकेपछिको कार्यक्रम वर्ष २०२५ का महासचिव विनोद अधिकारीले संचालन गर्नु भएकाे थियाे । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खनालले आफ्नो प्रतिबद्धता तथा कार्ययोजना प्रस्तुत गर्नु भएकाे थियाे ।

Facebook Comments Box
TOP