हेफर आधारशिला अभिमुखिकरण कार्यक्रम ।

वालिङ,
स्याङ्जाको वालिङ नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी तथा सरोकारवालाहरुको सहभागितामा हेफर आधारशिला अभिमुखीकरण कार्यक्रम तानसेन पाल्पामा सम्पन्न भएको छ ।
पालिकाले कृषि र पशुपालनबाटै गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिरहेको ‘वालिङ कृषि विकास परियोजना’ अन्तर्गत परियोजना समन्वय समितिका सदस्य तथा सरोकारवालाहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा बोल्नु हुँदै वालिङ नगरपालिकाका प्रमुख कुष्ण खाँणले कृषि र पशुपालनको क्षेत्रमा फरकशैलीबाट काम गर्न पालिकामा कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । कृषि र पशुपालन पालिकाको प्रमुख क्षेत्र भएको भन्दै प्रमुख खाँणले विभिन्न संघसंस्थाको सहकार्यमा काम गरिरहेको बताउनु भयो ।
उपप्रमुख कविता तिवारी गैह्रे कृषि र पशुपालनमा नै नगरलाई आत्म निर्भर बनाउन योजनाबद्ध रुपमा पालिका अगाडी बढेको बताउनु भयो ।
आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा नगरपालिकाको विभिन्न वडामा कार्यक्रम सञ्चालन भईरहेको छ ।
अभिमुखीकरण कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख,उपप्रमुख,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका प्रमुखहरु र दियालो संस्थाका पदाधिकारीहरु लगायत ३० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका क्षेत्रिय प्रवन्धक प्रेम साम्वयू,सामाजिक विकास शाखाका सकुन्तला रसाली,बरिष्ठ कार्यक्रम अधिकृत विष्णु पाण्डे लगायतले सहजीकरण गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
प्रदेशकै उत्कृष्ट बन्याे स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका
४ दिन अगाडि
वालिङ १ फागुन कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । ११ स्थानीय तह रहेको जिल्लाको…