गरिमाका सञ्चालकहरु सम्मानित ।

वालिङ :
गरिमा विकास बैंकका सञ्चालकहरुलाई सम्मानित गरिएको छ । नवजागरण संस्थाले गरिमा विकास बैंकको अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएका दिलिपप्रताप खाँण, सदस्य शोभाकान्त ढकाल र सदस्य आयुष्मा कोईरालालाई सम्मान गरेको हो ।
स्याङ्जाको वालिङ नगरपालिका–१० भकुण्डेमा रहेको नवजागरण पार्कमा आयोजना गरिएको कार्यक्रममा बोल्नुहुँदै नवनिर्वाचित अध्यक्ष खाँणले बैंक बित्तिय संस्था पूर्ण रुपमा राष्ट्रबैंकको नियन्त्रण र निर्देशनमा चल्ने बताउनु भयो । गरिमा बिकास बैंक उत्कृष्ट सेवा प्रवाहका कारण नम्वर वान बनेको बताउनु भयो । संस्थाका सल्लाहकार समेत रहनु भएका अध्यक्ष खाँणले बैंकका भावी योजनाहरुबारेमा जानकारी गराउनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद एवम् संस्थाका सल्लाहकार भागवतप्रकाश मल्लले गरिमा विकास बैंकको उचाईलाई अझै गरिमामय बनाउन अहिलेको सञ्चालक समिति सशक्त रहेको बताउनु भयो ।
कार्यक्रममा गरिमा विकास बैंकका सञ्चालक समिति सदस्य शोभाकान्त ढकाल, आयुष्मा कोईराला, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, कविता भुसाल, हिमलाल पंगेनी लगायतले बालेका थिए ।
नवजागरण संस्था सामाजिक कार्यमा सक्रिय रहेको भन्दै संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालले शिक्षा,स्वास्थ्य जस्ता क्षेत्रमा नागरिकलाई सहयोग पुर्याउन स्थापना कालदेखि नै काम गर्दै आईरहेको बताउनु भयो ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…