गरिमाका सञ्चालकहरु सम्मानित ।
वालिङ :
गरिमा विकास बैंकका सञ्चालकहरुलाई सम्मानित गरिएको छ । नवजागरण संस्थाले गरिमा विकास बैंकको अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएका दिलिपप्रताप खाँण, सदस्य शोभाकान्त ढकाल र सदस्य आयुष्मा कोईरालालाई सम्मान गरेको हो ।
स्याङ्जाको वालिङ नगरपालिका–१० भकुण्डेमा रहेको नवजागरण पार्कमा आयोजना गरिएको कार्यक्रममा बोल्नुहुँदै नवनिर्वाचित अध्यक्ष खाँणले बैंक बित्तिय संस्था पूर्ण रुपमा राष्ट्रबैंकको नियन्त्रण र निर्देशनमा चल्ने बताउनु भयो । गरिमा बिकास बैंक उत्कृष्ट सेवा प्रवाहका कारण नम्वर वान बनेको बताउनु भयो । संस्थाका सल्लाहकार समेत रहनु भएका अध्यक्ष खाँणले बैंकका भावी योजनाहरुबारेमा जानकारी गराउनु भयो ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद एवम् संस्थाका सल्लाहकार भागवतप्रकाश मल्लले गरिमा विकास बैंकको उचाईलाई अझै गरिमामय बनाउन अहिलेको सञ्चालक समिति सशक्त रहेको बताउनु भयो ।
कार्यक्रममा गरिमा विकास बैंकका सञ्चालक समिति सदस्य शोभाकान्त ढकाल, आयुष्मा कोईराला, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, कविता भुसाल, हिमलाल पंगेनी लगायतले बालेका थिए ।
नवजागरण संस्था सामाजिक कार्यमा सक्रिय रहेको भन्दै संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालले शिक्षा,स्वास्थ्य जस्ता क्षेत्रमा नागरिकलाई सहयोग पुर्याउन स्थापना कालदेखि नै काम गर्दै आईरहेको बताउनु भयो ।


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


