पशुपंक्षी शिविरबाट पुतलीबजारका किसान लाभान्वित
स्याङ्जा :
पुतलीबजार नगरपालिकाले एक दिने निशुल्क पशुपंक्षी शिविर सम्पन्न गरेको छ । नगरपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार एकदिने पशुपंक्षी शिविर सम्पन्न गरेको हो । नगरपालिकाको पञ्चबिर्षय योजना अन्तर्गत हरेक आर्थिक बर्षमा ३ वटा वडामा सम्पन्न गर्नेगरी पशुपंक्षी शिविर आयोजना गर्दै आएको छ ।
यो आर्थिक बर्षमा नगरपालिकाले वडा नं. ५, ९ र १४ मा गरी ३ ओटा वडामा पशुपंक्षी शिविर सम्पन्न गरेको पशु शाखा प्रमुख डा.अनिल चौधरीले जानकारी दिए । नगरपालिकाको पशु शाखाका प्रमुख चौधरीका अनुसार वडा नम्वर ५ को पौवेगौडे, ९ को काल्खु बिसौना र १४ को आमडाँडामा शिविर गरिएको बताए । शिविरमा पशुहरुको गोवर परिक्षण, थुनेलो परिक्षण, रेविज विरुद्धको खोप लगायतका सेवाहरु प्रदान गरिएको चौधरीले बताए ।
अधिकांश पशुहरुमा नाम्ले किरा र माटे रोग फेला परेको आयोजकले जनाएको छ । रोगी पशुपंक्षीका लागि निशुल्क औषधी समेत वितरण गरिएको थियो । शिविरमा १७६ गोबर परिक्षण, १८ ओटा रेविज विरुद्धको खोप, १४ ओटा भाले पशुको बन्ध्याकरण, ४ ओटा थुनेलो परिक्षण गरिएको छ । २ सय १३ किसानका ३१४ भैसी, १७४२ बाख्रा, ४२ गाई÷गोरु, १३६३ कुखुरा, ३१ बंगुर, १३ कुकुर र ८ बिरालो गरी ३ हजार ५ सय १३ पशुपंक्षीको शिविरमा उपचार गरिएको र उनीहरुलाई आवश्यकता अनुसारको औषधी वितरण गरिएको चौधरीले बताए ।

सरकारले २०३० सम्म नेपाललाई रेविज रोग मुक्त घोषणा कार्यक्रमको लक्ष्य राखे अनुसार सो कार्यक्रमलाई समेत सफल बनाउने गरी पुतलीबजार नगरपालिकाले यो कार्यक्रम अगाडी बढाएको पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले बताए । रेविज निर्मुल पार्न गाउँमा जानुपर्ने उनले भने,‘गाउँ जादा पशुपंक्षीको पनि उपचार हुने त्यैले दुवै कार्यक्रमलाई समेटेर अगाडी बढेका छौं ।’ जसले गर्दा किसानका पशुपंक्षीमा लाग्ने रोगको पनि निदान हुने र रेविज रोग विरुद्धको खोप पनि संचालन गर्दा राष्ट्रिय अभियानमा टेवा पुग्ने उनले भने । हरेक बर्ष सबै वडामा निशुल्क पशुपंक्षी शिविर आयोजना गर्न बजेटको अभाव भएकाले हरेक आर्थिक बर्षमा ३/३ वटा समेट्नेगरी कार्यक्रम गरेको नगर प्रमख रेग्मीको भनाई छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


