बालगृहका बालबालिकालाई परम्परागत सीप

स्याङ्जा :
फेदिखोला गाउँपालिका–१ को अमोर सेवा बालगृहमा रहेका बालबालिकालाई ज्येष्ठ नागरिकले आफ्नो सीप सिकाएका छन् । मौलिक परम्परागत सीप र ज्ञान हस्तान्तरण गर्ने उद्धेश्यले बालबालिकालाई ज्येष्ठ नागरिकले सीप सिकाएका हुन् ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरणको कार्यक्रम अन्र्तगत सीप सिकाइएको हो ।
पढाई लेखाई र अन्य शैक्षिक गतिविधिमा रहने बालगृहका बालबालिकालाई टपरी र दूना बुन्न, ज्योति बनाउने, डोका तथा डस्टबिन बनाउन विभिन्न क्षेत्रमा सीप हासिल गर्नु भएका जेष्ठ नागरिकहरुले प्रशिक्षण दिनुभएको हो ।
सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले बालगृहमा रहनुभएका ३८ जना बालबालिकालाई दुई दिन सम्म हाम्रो मौलिक परम्परागत सीप र ज्ञान हस्तान्तरण गरिएको बताउनुभयो ।
विभिन्न क्षेत्रको अनुभव र सीपलाई पुस्तान्तरण गर्दै जानु पर्ने बताउँदै पौडेलले सामाजिक विकास कार्यालय स्याङ्जाले पुलको काम गर्न तयार रहेको बताउनुभयो । बालगृहमा ज्येष्ठ नागरिकले बालबालिकालाई भजन कृतन समेत सिकाउनुभएको थियो ।
बालगृह सञ्चालिका कमला पराजुलीले आफ्ना बालगृहमा रहेका छोराछोरी हरेक क्षेत्रमा सक्षम रहेको र छिटो समयमै विभिन्न सीप सिक्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा सामाजिक विकास कार्यालय स्याङ्जाको तर्फबाट बालसाहित्य सँग सम्बन्धित ३० वटा पुस्तकहरु हस्तान्तरण समेत गरिएको थियो ।
२०५७ सालमा स्थापना भएको बालगृह सहयोग दाताबाट सङकलन रकम तथा माना चामलबाट पराजुलीले चलाउदै आउनुभएको छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…