गीता ज्ञान प्रवचन,अध्ययन तथा बितरण कार्यक्रम सम्पन्न

स्याङ्जा :
बिश्व हिन्दु महासघ जिल्ला शाखा स्याङ्जा ,बिश्व हिन्दु युवा सघ स्याङ्जा र केदारनाथ भाषा प्रशिक्षण तथा अनुसन्धान केन्द्र वालिङको संयुक्त आयोजनामा गीता ज्ञान प्रवचन ,अध्ययन तथा बितरण कार्यक्रम वालिङ स्थित पतञ्जलीमा सम्पन्न भएको छ।
कार्यक्रममा गुरु पण्डित नेत्र प्रसाद पराजुलीले गीताको प्रवचन गर्नु भएको थियो। उहाँले गीता नै सबै भन्दा उत्कृष्ट भएको र मानव जगतलाई गीताले बाच्ने कला सिकाएको बताउनु भएको थियो। पण्डित पराजुलीले गीतामा कृष्ण अर्जुनको महिमा लगायतको कुरा बुझाउनु भएको बताउनु भयाे । उहाँले गीता एक यस्तो महान ग्रन्थ हो जसले मानव कल्याणका हरेक पक्षलाई समेटिएको छ। धर्म ,विज्ञान ,राजनीति को त्रिकोणय विकास आत्म चिन्तन र सरल मानवीय दैनिकी ज्ञान र विज्ञानको समिश्रित् रूप भएकाे बताउनु भयाे ।
बिश्व हिन्दु महासंघ जिल्ला शाखा स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत मन्तब्य बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले राख्नु भएको थियो। उहाँले अब सनातनीहरु चुप लागेर बस्न नहुने कुरा बताउनु भएको थियो। त्यसकालागी सबै जना आ आफ्नो ठाउँबाट उठेर आफ्नो कला संस्कृति बचाउनु पर्ने कुरा बताउनु भएको थियो। अध्यक्ष पौडेलले बिश्व हिन्दु युवा संघ स्याङ्जा द्वारा गरेका कार्यहरुको जानकारी दिनु भएको थियो।
कार्यक्रममा धन्यबाद मन्तव्य केदारनाथ भाषा प्रशिक्षण तथा अनुसन्धान केन्द्रका अध्यक्ष सीताराम अधिकारी र खगेन्द्र अर्यालले राख्नु भएको थियो।कार्यक्रममा गीताको १२ औ र १५ औ अध्याय गुप्त प्रसाद गैह्रे,त्रिबिक्रम अर्याल र लोकनाथ लामिछानेले पाठ पारायण गरेर सुनाउनु भएको थियो।कार्यक्रममा प्रवचन सुन्न आउनु भएका करिब २५० जनालाई गीता बितरण गरिएको थियो।कार्यक्रममा युवा,बिधार्थी,शिक्षक,विभिन्न संघ संस्थामा आवद्ध महिला दिदी बहिनिहरु,सामाजिक ब्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो।कार्यक्रमको सन्चालन बिश्व हिन्दु महासंघ जिल्ला शाखा स्याङ्जाका सचिब भुपराज बगालेले गर्नु भएको थियो।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…