पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उदघाटन
पुतलीबजार नगरपालिका १३ मैनिखामा र अर्जुनचौपारी गाउँपालिका १ जोड्ने ठाडाखेतमा मोटरेवल पुलको उदघाटन गरिएको छ ।
विस २०७४ पुसमा निर्माण सुरु गरिएको पुलको झण्डैं ८ बर्षपछि उदघाटन गरिएको हो । संघिय सांसद राजु थापाले शनिवार पुलको उदघाटन गर्दै ढिलो भए पनि पुलको उदघाटन भएको र पुलले पुतलीबजार र अर्जुनचौपारीका स्थानीयबासी लाभान्वित भएको बताउनुभयो ।
बहुदलीय ब्यवस्थापछि विकासले गति लिएको उहाको भनाई छ । पञ्चायती ३० बर्षे शासनकाल र त्यसपछिका समयलाई तुलना गर्दै आमनागरिकको शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था राम्रो देखिएको उनले जनाउनुभयो । अहिलेसम्म ५ बर्ष एउटै दलले शासनसत्ता संचालन गर्न नपाउनु विकास समृद्धिको वाधक बनेको सांसद थापाको भनाई छ। स्थायी सरकार नहुदा बदलिरहने सरकारले विकास र समृद्धि हुन नसकेको उहाले दावी गर्नुभयो ।
पुतलीबजार र अर्जुनचौपारीलाई जोड्नेगरी सडक निर्माण लगायतका पक्की सडक पूर्वाधार लगायत अन्य कामका लागि आफु सकारात्मक भएको जनाउदै दुबै पालिकाको सहकार्य र समन्वयमा आवश्यकतानुरुप विकास गर्ने बताउनुभयो । मुलुकको विकास र निकासका लागि एमाले र काँग्रेसको सरकार बनेको सांसद थापाले बताए। सांसद थापाका अनुसार, ‘विकासका लागि सबै राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारीहरु, नागरिकबीच सहकार्य र एकताले विकास सम्भव हुन्छ ।’

नेपालमा विकास नभएको भन्ने भाष्यलाई चिर्दै भइरहेको विकास निर्माणमा गति दिन सबै एकजुट हुनुपर्ने उहाको भनाई छ । हामी आफैंले अनुभूत गरेका जनाउदै उनले विकास तथा प्रबिधिको विकासले फडको मारेको समेत जानकारी गराउनुभयो ।
सो पुल ३ करोड ४१ लाख ९२ हजार रुपैयामा निर्माण गरेको इन्जिनियर सिर्जना शर्माले जानकारी दिईन। ७९.५ मिटर लम्बाई रहेको यस कल्भर्टमा बिचमा डिभाइडर राखेर निर्माण गरिएको छ ।
कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, पुतलीबजार नगर उपप्रमुख देवी अर्याल, अर्जुनचौपारी १ का अध्यक्ष रणबहादुर थापा, पुतलीबजार वडा –१३ का कार्यवाहक अध्यक्ष सूर्यबहादुर रोका, पुल निर्माण समितिका उपाध्यक्ष दुर्गा अर्याल र सचिव मनबहादुर रोका लगायतले पुल निर्माणपछि दुबै पालिकाका स्थानीयबासीले दैनिक जीवन यापनमा निकै सहज पुगेको जानकारी गराउनुभयो ।
सोही कार्यक्रममा पुतलीबजार १३ स्थित झापाकोट युवा क्लवका सचिव सूर्यबहादुर जिसीले संघिय सांसद राजु थापा समक्ष विकास निर्माणका लागि सहयोग गरिदिन ३ बुदें माग पत्र बुझाएका थिए । जिसीका मागपत्रलाई आवश्यक सहयोग गर्ने सांसद थापाले प्रतिवद्धता जनाउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


