स्याङ्जा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, दुई गम्भीर घाइते
राधाकृष्ण डुम्रे
वालिङ पुस १० गते । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ मा मङ्गलबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
कालीगण्डकी–३ को बिर्घा–मिर्मी पक्की भित्री सडक खण्डमा आलमबाट बिर्घातर्फ जाँदै गरेको लु. ४ त. ७८३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट झण्डै ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।
दुर्घटनामा परी बाराको गढीमाई नगरपालिका–११ बस्ने अन्दाजी २२ वर्षीय सब्दुल अन्सारीको मृत्यु भएको छ । अन्सारीलाई ट्याक्टरले च्यापेको थियो । उहाँको घटनास्थलमा नै मृत्यु भएको कालीगण्डकी–४ का वडा अध्यक्ष यादवप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
सिरक–डसना बनाउने मेसिन जोडेको ट्याक्टर दुर्घटनामा परी बाराको कलैया उपमहानगरपालिका–१० का २४ वर्षीय अर्जुन शाह र कलैया–११ का २६ वर्षीय सलाम मुदिन मन्सुरी गम्भिर घाइते हुनुभएको छ । दुबै जनाको कालिगण्डकी अस्पताल मिर्मी स्याङ्जामा सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएको छ । गढीमाई नगरपालिका–११ का १४ वर्षीय सिकिन्दर यादब भने सकुशल रहेका छन् । Gorkhapatra online
तस्बिर सौजन्य : जिके पाण्डे
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


