स्याङ्जा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, दुई गम्भीर घाइते

राधाकृष्ण डुम्रे
वालिङ पुस १० गते । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ मा मङ्गलबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
कालीगण्डकी–३ को बिर्घा–मिर्मी पक्की भित्री सडक खण्डमा आलमबाट बिर्घातर्फ जाँदै गरेको लु. ४ त. ७८३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट झण्डै ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।
दुर्घटनामा परी बाराको गढीमाई नगरपालिका–११ बस्ने अन्दाजी २२ वर्षीय सब्दुल अन्सारीको मृत्यु भएको छ । अन्सारीलाई ट्याक्टरले च्यापेको थियो । उहाँको घटनास्थलमा नै मृत्यु भएको कालीगण्डकी–४ का वडा अध्यक्ष यादवप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
सिरक–डसना बनाउने मेसिन जोडेको ट्याक्टर दुर्घटनामा परी बाराको कलैया उपमहानगरपालिका–१० का २४ वर्षीय अर्जुन शाह र कलैया–११ का २६ वर्षीय सलाम मुदिन मन्सुरी गम्भिर घाइते हुनुभएको छ । दुबै जनाको कालिगण्डकी अस्पताल मिर्मी स्याङ्जामा सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएको छ । गढीमाई नगरपालिका–११ का १४ वर्षीय सिकिन्दर यादब भने सकुशल रहेका छन् । Gorkhapatra online
तस्बिर सौजन्य : जिके पाण्डे
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…