महिला जनप्रतिनिधिहरुको ‘नेतृत्व क्षमता अभिवृद्धि’ का लागि कार्यशाला।

वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुकोे ‘नेतृत्व क्षमता अभिवृद्धि’ का लागि कार्यशाला गरिएको छ ।
पालिकाका १४ वटै वडाका वडा स्तरीय निर्वाचित महिला जनप्रतिनिधिहरुको सहभागितामा भएको कार्यक्रममा महिलाहरुले खेल्नु पर्ने भूमिका,स्थानीयतहमा भएका कानुनी अधिकार र यसमा जनप्रतिनिधिको भूमिका लगायतका विषयमा जानकरी गराईएको थियो ।
दलित महिला केन्द्र नेपाल (सिडिडब्लुएन) को आयोजना , द एसिया फाउनडेशनको प्राविधिक सहयोग तथा वालिङ नगरपापालिकाको समन्वयमा नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धी आधारभूत सिकाई कार्यशाला कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वालिङ नगरपालिकाका नगर उप–प्रमुख कविता तिवारी गैह्रेले स्थानीयतहको कानुनमा नै महिलाहरुलाई विशेष अवसर दिएको बताउनु भयो । उहाँले भन्नुभयो,“संविधानमा कानुन र अधिकारको बारेमा स्पष्ट गरिएको छ तर जानकारी नहुँदा महिला जनप्रतिनिधिले फाईदा लिन सकिरहेका छैनौं ।” महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको उहाँको भनाई छ ।
महिला जनप्रतिनिधिहरुले सक्रियता बढाउनु पर्ने भन्दै उपप्रमुख तिवारीले महिलाहरुलाई आफ्नो जिम्मेवारी जानकारी गराउन तालिम तथा सिकाईहरु उपलव्धीमूलक हुने उहाँको विश्वास छ ।
तालिममा द एसिया फाउन्डेशनका प्रदेश संयोजक पूर्ण परियारले महिला जनप्रतिनिधिहरुको क्षमता विकासको लागि निरन्तर तालिमको आयोजना गरिदै आएको बताउनु भयो । उहाँले राजनीतिक यात्रा जारी राख्न र उच्च पदकों लागि लक्ष्य राख्नु किन महत्वपूर्ण छ भन्ने विषय जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा चापाकोट नगरपालिकाका निवर्तमान नगर उप–प्रमुख बिमला श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो ।
दलित महिला केन्द्र नेपाल (सिडिडब्लुएन) का फिल्ड अधिकृत रितेश शाशंकरले तालिम पूर्व र तालिम पश्चात सो बिषयमा मुल्यांकन गर्न प्रश्नोतर विधिबाट पुर्व परीक्षण र पस्च परीक्षण गरि मुल्यांकन गर्नुभयो ।

Facebook Comments Box
TOP