विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई अर्जुनचौपारीले नगद सहित सम्मान गर्ने
स्याङ्जा :
सन् २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने विश्वकप खेल्ने इतिहास बनाएका स्याङ्जामा तीन महिला क्रिकेट खेलाडीलाई अर्जुनचौपारी गाउँपालिकाले सम्मान गर्ने भएको छ ।
कात्तिक १९ गतेबाट २९ सम्म युएईमा सञ्चालित यु–१९ विश्वकपका छनोटमा उपाधि जितेका पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सिमाना केसी र कुसुम गोदारलाई दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सवको अवसरमा पालिकाले १५/१५ हजार रुपियाँसहित सम्मान गर्ने भएको हो ।
खेलाडीको प्रोत्साहनका लागी पालिकाले यो निर्णय गरेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । यही मङ्सिर ६, ७ र ८ गते आयोजना गरिएको राष्ट्रपति कप तथा शैक्षिक महोत्सवको समापनमा उक्त नगद पुरस्कार प्रदान गरिनेछ ।
स्याङ्जाका खेलाडीले इतिहास रचेको भन्दै जिल्लाको पहिचानका लागी खेलाडीहरूको योगदान महत्त्वपूर्ण रहेकाले खेल र खेलाडीको विकासको पक्षमा अर्जुनचौपारी गाउँपालिका रहेको अध्यक्ष तिवारीले बताउनुभयो ।
आइसिसी महिला यु–१९ विश्वकपका लागि छनोट भएको नेपाली यु–१९ टोली बिहीबार साँझ मात्र स्वदेश फर्किएका थिए । उपाधि जितेका महिला क्रिकेटरलाई स्याङ्जा जिल्ला क्रिकेट सङ्घसहित यहाँका खेलप्रेमी युवाले मोटरसाइकल र्यालीसहित स्याङ्जा ल्याएका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


