वालिङका विद्यार्थीलाई सामाजिक कानुन सिकाइँदै
राधाकृष्ण डुम्रे,
वालिङ, मङ्सिर ९ गते । स्याङ्जाको वालिङ नगरपालिका भित्रका विद्यार्थीहरुलाई सामाजिक कानुनबारे जानकारी गराइएको छ । नगरभित्रका मावि स्तरमा अध्ययनरत विद्यार्थीहरुलाई सामाजिक कानुन, आधुनिक प्रविधि र यसको प्रयोगबाट आउन सक्ने समस्या लगायतका विषयमा प्रशिक्षण दिइएको हो ।
पछिल्लो समय सामाजिक सञ्जालको अत्यधिक प्रयोगले विद्यार्थीहरुमा समस्या आएको भन्दै सचेतनाका लागि कार्यक्रम गरिएको वालिङ नगरपालिकाका प्रवक्ता तथा वडा नं.१ अध्यक्ष पदमराज गुरुङले जानकारी दिनुभयो । नगरपालिकाले आगामी दिनमा बालबालिका लक्षित कार्यक्रमलाई निरन्तर दिने उहाँको भनाइ छ ।
‘मेरो अधिकार मेरो भविष्य’ अभियानअन्तर्गत गरिएको कार्यक्रममा विद्यार्थीहरुको सक्रिय सहभागीता रहेको थियो ।
दुई दिनसम्म चलेको कार्यक्रममा विद्यार्थीहरुले सामाजिक सञ्जाल प्रयोग गर्ने समय, सक्रियता, टेलिभिजन हेर्ने समय लगायतका बारेमा आ–आफ्नो भनाइ राखेका थिए । अभिभावकहरु मोवाइलमा भुल्ने तर आफूहरुलाई पढपढ भन्ने गरेको विद्यार्थीहरुको गुनासो छ ।

नगर भित्र रहेका १६ विद्यालयमध्ये ११ विद्यालयका कक्षा ८, ९ र १० का एक सय जनाभन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांणले विद्यार्थीहरुको भविष्य राम्रो बनाउन शिक्षक र अभिभावकहरुले विशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बालबालिकालाई आफू के गर्दै छु भन्ने जानकारी हुँदैन त्यसैले समयमा नै सचेत बनाउन आवश्यक छ ।”
कार्यक्रम अभियान्ता भजनारायण अर्यालले सामाजिक कानुनी व्यवस्थाका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
विद्यार्थीहरुको चालचलन र उनीहरुमा आएको परिवर्तनका बारेमा शिक्षक र अभिभावकले विशेष ध्यान दिनु पर्ने नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
वालिङ नगरपालिका वडा नं.१ को कार्यालयको व्यवस्थापन भएको कार्यक्रममालाई विद्यालय स्तरमा लैजाने योजना बनाएको नगरपालिकाले जनाएको छ । Gorkhapatra online

समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


