मुक्तिनाथ विकास बैंकद्धारा लायन्स क्लबलाई सहयोग

प्रकाश डोटेल/स्याङ्जा :

मुक्तिनाथ विकास बैंकले लायन्स क्लव अफ स्याङ्जा टाउनलाई सहयोग गरेको छ । बैंकले क्लबलाई टिर्सट र जकेट गरी झण्डै ४० हजार बराबरको सामग्री सहयोग गरेको हो ।

सहयोग सामग्री हस्तन्तरण गर्दै मुक्तिनाथ विकास बैंकका संचालक भरतप्रसाद लम्सालले स्याङ्जाबाटै स्थापना भएको मुक्तिनाथले समाज सेवामा स्थानीयसँग हातेमालो गर्दै अगाडी बढेको बताए । उनले सामाजिक सेवामा मात्रै नभएर बैंकले बित्तीय कारोबार समेत व्यवसायीसँग हातेमालो गर्दै आएको सुनाए ।

बैंकले स्थापना कालदेखि खासगरि महिलाहरुको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सुनाउँदै संचालक लम्सालले भने, “लघुबित्त र आधुनिक बैंकिङ्क प्रणालीबाट बैंकले समाजका हरेक बर्गसँग सहकार्य गरेको छ ।”

लायन्स क्लब अफ स्याङ्जा टाउनका अध्यक्ष सुनिता पौडेल गौतमले बैंकले बित्तिय कारोबारका अलवा सामाजिक सेवा पु¥याएको योगदानको चर्चा गर्दै महिला तथा व्यवसायीको हितमा बैंकले गरेको बित्तीय सेवालाई प्रभाबकारी बनाउँदै अगाडी बढाउनु आग्रह गरिन ।

मुक्तिनाथ विकास बैंक पुतलीबजार शाखद्धारा आयोजित कार्यक्रम संचालन शाखा प्रमुख डम्बरबहादुर क्षेत्रीले गरेका थिए । कार्यक्रममा मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा रोयल बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी एवं सदस्यको सहभागिता रहेको थियो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत गर्दै आएको विभिन्न सहयोग अनुरुप क्लबलाई जकेट र टिर्सट प्रदान गरेको हो । स्याङ्जामा प्रधान कार्यालय रहने गरी २०६३ मा स्थापना भएको बैंक हाल नेपालकै उत्कृष्ट बैंकको रुपमा रहेको छ ।

 

Facebook Comments Box
TOP