महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा
स्याङ्जा : निजामती सेवामा महिला सहभागिता बढाउने उदेश्यले स्याङ्जामा मंगलबारदेखि २० दिने निःशुल्क लोकसेवा तयारी कक्षा सुरु गरिएको छ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा महिलालाई लक्षित गर्दै (खसआर्य, जनजाति, दलित, अपांग) लगायत ४० जनालाई सहभागी गराई खरिदार तह सरहका कक्षा सुरु गरेको हो।
तयारी कक्षाको औपचारिक रूपमा शुभारम्भ गर्दै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले कक्षाको सदुपयोग गर्दै अध्ययनको बानी बढाउन सुझाव दिनुभयाे ।
सरकारी जागिर अर्थात निजामती सेवा बारे पनि प्रजिअ नेपालले जानकारी गराउनु भयाे । कार्यक्रममा करदाता सेवा कार्यालय प्रमुख गंगाा बस्याल, शाखा अधिकृत संयोग भट्टराई, सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेल, नायब सुब्बा दोर्णप्रसाद पनेरु लगायतले अध्ययनशील युवाहरूको पहिलो रोजाई निजामती सेवा भएको बताउँदै निःशुल्क कक्षाबाट धेरै भन्दा धेरै लाभ लिन आग्रह गरे।
तयारी कक्षामा ६० सेसन हुनेछ। दैनिक साढे ४ घण्टा पढाउने गरी जिल्ला र केन्द्रमा बसी आयोग सम्बन्धी अनुभवी प्रशिक्षकद्वारा कक्षा लिइने सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले जानकारी दिनुभयाे ।
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


