महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

स्याङ्जा : निजामती सेवामा महिला सहभागिता बढाउने उदेश्यले स्याङ्जामा मंगलबारदेखि २० दिने निःशुल्क लोकसेवा तयारी कक्षा सुरु गरिएको छ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा महिलालाई लक्षित गर्दै (खसआर्य, जनजाति, दलित, अपांग) लगायत ४० जनालाई सहभागी गराई खरिदार तह सरहका कक्षा सुरु गरेको हो।
तयारी कक्षाको औपचारिक रूपमा शुभारम्भ गर्दै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले कक्षाको सदुपयोग गर्दै अध्ययनको बानी बढाउन सुझाव दिनुभयाे ।
सरकारी जागिर अर्थात निजामती सेवा बारे पनि प्रजिअ नेपालले जानकारी गराउनु भयाे । कार्यक्रममा करदाता सेवा कार्यालय प्रमुख गंगाा बस्याल, शाखा अधिकृत संयोग भट्टराई, सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेल, नायब सुब्बा दोर्णप्रसाद पनेरु लगायतले अध्ययनशील युवाहरूको पहिलो रोजाई निजामती सेवा भएको बताउँदै निःशुल्क कक्षाबाट धेरै भन्दा धेरै लाभ लिन आग्रह गरे।
तयारी कक्षामा ६० सेसन हुनेछ। दैनिक साढे ४ घण्टा पढाउने गरी जिल्ला र केन्द्रमा बसी आयोग सम्बन्धी अनुभवी प्रशिक्षकद्वारा कक्षा लिइने सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले जानकारी दिनुभयाे ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…