वालिङमा जिल्लास्तरीय वक्तृत्वकला र साहित्यिक कार्यक्रम हुने ।

वालिङ :स्याङ्जाको वालिङमा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने भएको छ । दुर्गाखिमा फाउण्डेशनको आयोजना र भेषजराज साहित्य प्रतिष्ठानको व्यवस्थापनमा कार्यक्रम हुन लागेको हो ।
आगामी २६ र २७ गते दुई दिनसम्म सन्चालन हुने कार्यक्रमको पहिलो दिन वक्ृत्वकला प्रतियोगिता र दोस्रो दिन साहित्यिक कार्यक्रम हुने छ ।
फाउण्डेशनले स्थापनाकालदेखि विभिन्न शिक्षण संस्थाहरूसंग समन्वय गरेर शिक्षा क्षेत्र र विद्यार्थी संग समय सापेक्ष कार्य गर्दै आईरहेको फाउण्डेशनका अध्यक्ष गोपाल कंडेलले शनिवार वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
देशको विद्यमान अवस्थामा वढ्दो वैदेशिक आकर्षण भईरहेको समयमा वढ्दो वैदेशिक आकर्षणः कारण र समाधान भन्ने शिर्षकमा प्रतियोगीले वक्तृत्व कला प्रस्तुत गर्नेछन् । प्रतियोगिताको पुरस्कार प्रथम हुनेलाई २५ हजार, द्वित्तिय हुनेलाई १५ हजार, तृतिय हुनेलाई ७ हजार ५ सय र प्रमाणपत्र प्रदान गरिने र सान्त्वना हुने २ जनालाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको फाउण्डेशनका अध्यक्ष कंडेलले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा भेषराज साहित्य प्रतिष्ठानका अध्यक्ष यामकान्त खनालले प्रतिष्ठानको स्थापना र हालसम्म गरेका कार्यहरूको वारेमा जानकारी गराउनु भयो । प्रतिष्ठानको नियमित रचनावाचनको ७८ओैं शृङ्खला र साहित्यिक यात्रा संगै गर्नका लागि दुर्गा खिमा फाउण्डेशन संग मिलेर आयोजना गरेको जानकारी दिनुभयो ।
दोस्रो दिन एकादशीको अवसरमा त्रियासीवाट वसवाट कालीगण्डकी उत्तरवाहिनी सम्मको धार्मिक यात्रा र उत्तरवाहिनीमा सञ्चालन भईरहेको धार्मिक महायज्ञमा सहभागी भएपछि साहित्यिक कार्यक्रम गरिने खनालले जानकारी दिनुभयो ।
कार्यक्रम प्रतिष्ठानका सचिव स्याम ढुंगानाले सन्चालन गर्नु भएको थियो ।

Facebook Comments Box
TOP