पूर्णामृत भवानी मा वि को अध्यक्षमा खनाल ।
वालिङ :
जिल्लाकै पुरानो मध्येको शैक्षिक संस्था पूर्णामृत भवानी माविको अध्यक्षमा सुनिल खनाल चयन हुनु भएको छ । व्यवस्थापन समितिको बैठकबाट वालिङ–१० का वडा अध्यक्ष समेत रहनु भएका खनाललाई अध्यक्षमा चयन गरेको हो ।
यस्तै सदस्यहरुमा कल्पना अर्याल ,भरत शाही ,यमकान्त खनाल ,सुर्य बहादुर सेन,सरिता पौडेल (मैयाँदेबी),मालती रेग्मी, शिक्षक प्रतिनिधिमा सहायक प्रधानाध्यापक दीपक लम्साल र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक बिष्णु अर्याल रहनु भएको छ ।
धेरै अभिभाभक,पूर्व विद्यार्थी,विद्यार्थीहरु,स्थानीय बुद्धिजीवीहरुले आशा तथा भरोसा गरेर अनाललाई अध्यक्ष चयन गरेको विद्यालयले जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष खनालले विद्यालयको शिक्षा सुधारका लागि सबैसँग मिलेर काम गर्ने बताउनु भयो । उहाँले भन्नुभयो,“विद्यालयको समग्र अवस्थाको सुधारका गर्नका लागि आफूले जस्तो सुकै कठिन अवस्थाको समेत समाना गर्नेछु ।” शिक्षा सुधार पहिलो प्राथमिकतामा राखी काम गर्ने अध्यक्ष खनालले बताउनु भयो ।
समाचार
थप सामाग्रीकालीगण्डकीको उत्तरवाहिनीमा महामहोत्सव गरिने
३ हप्ता अगाडि
वालिङ : मातापिता प्रतिको सम्मान र सेवाभाव बढाउन कालीगण्डकीको उत्तरवाहिनीमा महामहोत्सव गरिने भएको छ । कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा कालिगण्डकी…