स्याङ्जा आइसिसी भलिबल कपको उपाधि बिरुवालाई

वालिङ :
स्याङ्जा आइसिसी प्रथम भलिबल कप प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिले जितेको छ । सोमबार वालिङमा भएको फाइनल खेलमा पुतलीबजार नगरपालिकालाई ३–२ ले पराजित गर्दै बिरुवाले उपाधि जितेको हो ।
स्याङ्जा आइसिसी कपको उपाधिसँगै बिरुवाले नगद १ लाख ५० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो भएको पुतलीबजार नगरपालिकाले नगद १ लाख र तृतीय भएको भीरकोट नगरपालिकाले नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै सान्त्वना कालीगण्डकी नगरपालिका भएको छ । सान्त्वना भएको कालीगण्डकीले २५ हजार नगद र ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले खेल क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनु भयो ।
‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने मुल नारासहित स्याङ्जाली खेलाडीहरूको क्षमताको परीक्षण गर्ने, प्रोत्साहन गर्ने र खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना समाजका अध्यक्ष वीरेन्द्रजंग केसीले बताउनुभयो ।
प्रतियोगितामा जिल्लाका ११ पालिकाको सहभागिता रहेको थियो । पालिकाहरुलाई चार समूहमा बिभाजन गरेर खेल खेलाईएको थियो ।
प्रतियोगिता अवधीभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आआफ्नो प्रस्तुति दिएका थिए ।
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…