गल्याङमा सुविधा सम्पन्न अस्पताल भवनको उद्घाटन

वालिङ :
स्याङ्जाको गल्याङमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण भएको छ । भारत सरकारको सहयोगमा निर्माण भएको भवनमा गल्याङ नगरपालिकाले १५ शय्याको नगर अस्पताल सञ्चलनमा गर्दैआएको छ ।
भवनको भारतीय दूतावासको प्रथम सचिव अभिनासकुमार सिंह, जिल्ला समन्वय समितिका अध्यक्ष श्रीप्रसाद जिटी र गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले शुक्रबार संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा प्रथम सचिव सिंहले नेपालमा अप्ठ्यारो पर्दा सदैव भारत सरकारको सहयोग रहँदैआएको बताउनुभयो । हरेक वर्ष भारतमा गणतन्त्र दिवसको अवसरमा भारत सरकारले नेपालमा स्कुल बस र एम्बुलेन्स प्रदान गर्दैआएको उहाँको भनाइ छ ।
नेपाल र भारत सरकारको सहयोगमा ३ करोड ७९ लाखको लागतमा गल्याङ नगर अस्पताल निर्माण सम्पन्न भएको हो । १५ शय्याको अस्पतालबाट स्याङ्जा, पाल्पा, पर्वत र गुल्मी जिल्लाका नागरिकले सेवा लिँदै आएको गल्याङ नगरपालिकाका प्रमुख भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरेका छन् । नगर अस्पतालको रूपमा रहेको भवनलाई विराममैत्री र सुविधा सम्पन्न गराइएको उहाँको भनाइ छ ।
तत्कालीन अवस्थामा गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रूपमा परिणत गरिएको केन्द्रका अध्यक्ष लालगोपाल अर्यालले बताउनुभयो ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…