स्याङ्जा चापाकोटमा सकेट बिस्फोट ,एक घाइते

गोपिकृष्ण रेग्मी/चापाकोट :
स्याङ्जाको चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउमा सकेट बम विस्फोट हुँदा एक जना घाइते भएका छ्न ।
चापाकोट नगरपालिका वडा न ४ बस्ने बर्ष ४५ को गोबिन्द पुरी घाइते भएको वडा न ४ का अध्यक्ष अर्जुन खाँणले बताउनु भएको छ । पुरी भुपु नेपाली आर्मीबाट २ बर्ष अगाडि अबकास हुनु भएको हो । साझ ५ बजे पुरिको तीन तले कच्ची घर को माथिल्लो तलाबाट दोस्रो तलामा पुराना भाडाबर्तनहरू फाल्ने क्रममा अचानक सकेटबम बिस्पोटन भई घरमा सामान्य क्षेति भएको र ४५ बर्षीय गोबिन्द पुरिको बाँया आँखा भन्दा मुनी बाँया खुट्टा र नाईटो भन्दा तल चोट लागी उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रबास पाल्पा लगिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि पौडेलले जानकारी दिनुभयो ।
। पुरिको अबस्था सामान्य रहेको र घटना को अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । Pic-File
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…