वालिङ बजार शनिबार पनि खुल्ला

वालिङ :
वालिङ बजार आजदेखि शनिबार पनि खुल्ला भएको छ । आजको शनिबारदेखि कार्तिक २४ गतेसम्म शनिबार पनि बजार खुल्ला हुने भएको हो । उद्योग वाणिज्य संघ वालिङले एक सूचना प्रकाशित गर्दै नेपालीहरुको महान चाडपर्व शुरु भएकाले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै शनिबार पनि बजार खुल्ला गरिएको हो । यसअघि उद्योग वाणिज्य संघले हरेक शनिबार बजार पसलहरु बन्द गरेको थियो ।
नेपालीहरुको चाडपर्वहरु दशैँ तिहार छठलगायत महत्वपुर्ण पर्वहरुलाई मध्यनजर गर्दै शनिबार पनि बजार पसल खुल्ला गरिएको उद्योग वाणिज्य संघ वालिङका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । साथै संघले उपभोग्य मिति गुज्रिएका वस्तुहरुको विक्रि वितरण नगर्न आग्रह गर्दै पसलमा अनिवार्य मुल्य सुचि राख्न र पान नम्बर देखिने गरी राख्न व्यापारीहरुलाई आग्रह गरेको छ ।
बजारमा उपभोग्य वस्तुहरुको कृक्रिम अभाव सृजना हुन नदिई उचित मुल्यमा वस्तुहरुको विक्रि वितरण गर्न आग्रह गर्दै आफ्नो कारोबार अनुसारको आयव्याय विवरण र कर समयमै भुक्तानी गर्न समेत उद्योग वाणिज्य संघले आग्रह गरेको हो । आधारभुत व्यवसायिक आचारसंहिताको पालना गरी आफ्नो व्यापार व्यवासाय संचालन गर्न संघले आग्रह गरेको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…