वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम

वालिङ :
वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ, स्याङ्जाले सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । सहकारीले आफ्ना नव निर्वाचित सञ्चालक समिति, लेखा सुपेरिवेक्षण समिति तथा विभिन्न उपसमितिका पदाधिकारीहरुको लागि सहकारी सम्बन्धी अभिमुखिकरण सहितको कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहकारीका मूल्य मान्यताहरु, सिद्धान्तहरु, सहकारीको कानूनी र नीतिगत पक्ष, सहकारी सञ्चालनका लागि आवश्यक पर्ने आधारभूत तथा अपरिहार्य ज्ञानको बारेमा प्रशिक्षक टिकाराम अधिकारीले प्रकाश पारे ।
पछिल्लो समय सहकारी क्षेत्रमा देखा परेका विभिन्न समस्या तथा देखिएका चुनौतिहरुको समेतको बारेमा छलफल भएका थिए । सहकारीको व्यवस्थित सञ्चालनको लागि सञ्चालक समिति र लेखा सुपेरिवेक्षण समितिले खेल्नु पर्ने भूमिकाको बारेमा प्रशिक्षकले प्रशिक्षार्थीहरुलाई अभिमुखिकरण गरे ।
२६७ जना शेयर सदस्य रहेको यस संस्था विगत ५ वर्षदेखि सञ्चालनमा रहेको छ । वालिङ नगरपालिका कार्यक्षेत्र रहेर काम गर्ने कर्मचारीहरुले सञ्चालन गरेको यस सहकारीले गत भाद्र ८ गते दोस्रो अधिवेशन सम्पन्न गरेको थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…