सूर्याज्योति लाईफ ईन्स्योरेन्स कम्पनी पुतलीबजार शाखाद्धारा अभिकर्तालाई सम्मान

स्याङजा :
सूर्याज्योति लाईफ ईन्स्योरेन्स कम्पनी पुतलीबजार शाखाले आफ्ना अभिकर्ताहरुलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ माउत्कृष्ट व्यवसाय गरेका अभिकर्ताहरुलाई कम्पनीको शाखाले सम्मान गरेको हो ।
कम्पनीको शाखाले टिम व्यवसायमार्फत उत्कृष्ट हुनेहरु शिव पोखरेल, हरि ढकाल र मञ्जु भुजेललाई सम्मान गरेको थियो । व्यक्तिगत उत्कृष्ट व्यवसाय गर्नेहरुकातर्फबाट चित्रबहादुर खत्री, मञ्जु भुजेल र प्रकाश डोटेललाई सम्मान गरिएको थियो ।
आर्थिक वर्ष २०८०÷०८१ मा मासिक रुपमा उत्कृष्ट व्यवसाय गर्नेहरुमा विनिता श्रेष्ठ, रेखा क्षेत्री, सुस्मिता बस्याल, तिलबहादुर बस्याल, चित्रबहादुर खत्रि, मञ्जु भुजेल, प्रकाश डोटेल, सरिता रेग्मी, सम्पदा कर्माचार्य, जयबहादुर थापा र पुनम श्रेष्ठलाई सम्मान गरेको शाखाले जनाएकोे छ ।
सम्मान कार्यक्रममा कम्पनीका अभिकर्ता तथा २०२४ का एमडीआरटी प्रकाश डोटेलले बीमा क्षेत्रमा धेरै सम्भावना भएको बताउनुभयो । उहाले व्यक्तिको व्यक्तित्व विकाससँगै बीमाले बिमीतको सुरक्षा र अभिकर्ताको आर्थिक विकासमा महत्वपूर्ण भूमिकानिर्वाह गर्ने दाबी गर्नुभयो ।
सो अवसरमा बोल्ने वक्ताहरुले पछिल्लो समयमा मानिसको दैनिकी अस्तव्यस्त रहेकाले बीमा अनिवार्य भएको बताउनुभयो । उहाहरुले बीमाले व्यस्त दैनिकी र खानपानबाट सृजनाहुने रोगको सुरक्षा र मानिसको आर्थिक क्षतिलाई सुरक्षित बनाएको बताउनुभयो ।
सम्मान कार्यक्रम शाखाका शाखा प्रमुख सुजन पोखरेलको सभापतित्वमा भएको सम्मान कार्यक्रममा स्वागत मन्तव्य शाखाका व्यवसाय प्रबद्र्धक अरुण श्रेष्ठले गर्नुभएको थियो भने संचालन शाखाका कर्मचारी निसा बस्यालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…