बालबालिकालाई संस्कृतिसँग जोड्दै सामाजिक विकास कार्यालय ।
स्याङ्जा
बाल दिवसका अवसरमा स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता आयोजना गरिने भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा बालबालिका समूहको जिल्लास्तरीय पञ्चेबाजा प्रतियोगिता हुने भएको हो ।
यही भदौ २८ गते बाल दिवसका अवसरमा सदरमुकामस्थित त्रिभुवन आदर्श माविको प्राङ्गणमा पञ्चेबाजा प्रतियोगिता गर्न लागिएको सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताउनुभयो ।
“पुराना पुस्तामा रहेको परम्परागत सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्नका लागि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ”, उहाँले भन्नुभयो, “सीपको पुस्तान्तरणसँगै हाम्रो संस्कार संस्कृतिको संरक्षण गर्नका लागि पनि उपयोगी हुनेछ ।” बालबालिकालाई संस्कृतिसँग जोड्न फरकशैलीको कार्यक्रम गर्न लागिएको उहाँको भनाई छ ।
समाजमा हुने उत्सव, विवाह र चाडपर्वमा पञ्चेबाजाको प्रयोगले बालबालिकाको आयआर्जनमा पनि सहयोग पुग्ने विश्वास उहाँको छ । विद्यालयस्तरबाट हाम्रो संस्कार संस्कृति तथा बाजागाजाको संरक्षण गर्नका लागि जोड दिने उद्देश्यले बालबालिकामाझ प्रतियोगिता आयोजना गरिएको हो ।
कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत बालबालिकाको समूह, टोल, बालक्लब, वडा कार्यालय, पालिकास्तरीय जुनसुकै पनि समूह भाग लिन पाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
“प्रतियोगितामा विद्यालय, बालक्लब, समूह, टोलबाट विद्यार्थीलाई सहभागी बनाइदिन जिल्लाका ११ वटै पालिकामा पत्राचार गरिसकिएको छ”, उहाँले भन्नुभयो, “केही समूह सम्पर्कमा आइसकेका छन् ।” प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु छ हजार, रु पाँच हजार र रु चार हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


