पत्रकार महासंघ,स्याङ्जाका सचिव काफ्लेलाई प्रेस काउन्सिल महिला सशक्तिकरण पुरस्कार ।

काठमाडौं :
नेपाल पत्रकार महासंघ,स्याङ्जा शाखा सचीव प्रतिक्षा काफ्लेलाई प्रेस काउन्सिल महिला सशक्तिकरण पुरस्कार प्रदान गरिएको छ ।
प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिक उत्सवका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित भव्य कार्यक्रमकाबिच काफ्लेलाई नगद तथा सम्मान पत्रले सम्मान गरिएको हो । स्याङ्जाको वालिङ-१, निवासी काफ्ले डेढ दशकदेखि पत्रकारिता पेसामा क्रियाशील हुनुहुन्छ । आँधीखोला एक्सप्रेसमा २०६७ सालदेखि पत्रकारिता सुरु गर्नुभएकी काफ्लेसँग अनलाइन खबर, रातोपाटी, एबिसी टेलिभिजन, काठमाडौँ पोस्ट, बुटवल दैनिक लगायतका सञ्चार माध्यममा काम गरेको अनुभव छ । काफ्ले एक दशक देखि भने कान्तिपुर पत्रिकामा सक्रिय हुनुहुन्छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…