स्याङ्जाको वालिङमा स्वास्थ्य शिविर सम्पन्न ।
वालिङ :
स्याङ्जाको वालिङमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नव जागरण संस्थाको आयोजना तथा ग्रामीण घुम्ती स्वास्थ्य सेवा पाल्पाको प्राविधिक र औषधि सहयोगमा सञ्चालन भएको शिविरमा ६३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
शिविरममा आएका दीर्घ रोगीहरुका लागि निशुल्क औषधी समेत उपलब्ध गराइएको नवजागरण संस्थाका अध्यक्ष अर्जुन प्रसाद खनालले जानकारी दिनुभयो ।
नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न र निशुल्क रुपमा औषधि उपलब्ध गराउने उद्देश्यले संस्थाले मासिकहरुमा शिविर सञ्चालन गरिने अध्यक्ष खनालले बताउनु भयो ।
स्वास्थ्य शिविर मंसिर महिनादेखि प्रत्येक महिनाको पहिलो सोमबार नव जागरण पार्कमा सञ्चालन हुने बताउँदै उहाँले शिविरमा आई स्वास्थ्य परीक्षण तथा परामर्श लिन आग्रह गर्नुभयो ।
आफ्नो लागि सबैले गर्छन्, समाजकालागि केही गरौं भन्ने नाराकासाथ स्थापित संस्थाले नव जागरण पार्क वालिङ–१० भकुण्डेमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


