मुक्तिनाथ फाउन्डेसनले वाषिकोत्सवको अवसरमा वृहत रक्तदान तथा निशुल्क दन्त परीक्षण
काठमाडौं :
मुक्तिनाथ फाउन्डेसनले तेस्रो वाषिकोत्सवको अवसरमा वृहत रक्तदान तथा निशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने यस मुक्तिनाथ फाउण्डेशनले आफ्नो तेस्रो वार्षिकोत्सव अवसरमा बृहत रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
तेस्रो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ५५ पोका रगत संकलन भएको छ भने ४८ जनाले निशुल्क दन्त परीक्षण सेवा लिनु भएको छ । रक्तदान कायक्रमलाई केन्द्रीय रक्तसंचार केन्द्रबाट प्राविधिक सहयोग प्राप्त भएको थियो भने दन्त परीक्षण सेवाको लागि कान्तिपुर डेन्टल अस्पतालको प्राविधिक सहयोग प्राप्त भएको थियो ।
सोही अवसरमा संस्थाका अध्यक्ष भरतराज ढकालले दश हजार, संचालक सिताराम काफ्लेले दश हजार तथा संचालक राम प्रसाद पोख्रेलले प्रन्ध हजार संस्थालाई आ–आफ्नो जन्मोत्सवको उपलक्ष्यमा आर्थिक सहयोग गर्नु भएको छ ।
२०७८ असोज १ गते दर्ता भएको यो संस्थाले संस्थाका उद्देश्यभित्रका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ । सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको यस संस्थाको तेस्रो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम तथा निशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


