खेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको रुपमा रहेका खेली र रोईला संरक्षणका लागि युवाहरुले अभियान नै सुरु गरेका हुन् ।
कालीगण्डकी गाउँपालिका–७ मिर्मी फाँटका युवाहरुले अग्रजहरुको सहयोगमा ईतिहास बोकेको संस्कृति संरक्षणमा अभियान सुरु गरेको जनाएकाछन् । कालीगण्डकी नदीको आसपास विशेष गरी स्याङ्जा र पाल्पा विभिन्न ठाउँहरुमा खेली र रोइला गीत निकै लोकप्रिय रहदै आएको छ ।
स्थानीय मिर्मीरे युवा क्लबको सक्रियतामा पुराना संस्कृतिको संरक्षणका लागि पहल थालिएको हो । युवाहरुले पुरानो संकृतिको संरक्षणमा विशेष चासो देखाएका क्लवका अध्यक्ष शंकर न्यौपानेले बताउनु भयो । जसका लागि अग्रजहरुको उत्साहजनक सहयोग रहेको उहाँको भनाई छ ।
आफूहरु सानो हुँदा सुनिने गरेको खेली र रोईला पछिल्लो पटक सुन्न छोडिएको भन्दै आफूहरुले सक्रियता देखाएको क्लवका सदस्य ज्ञान प्रसाद न्यौपानेले बताउनु भयो । युवापुस्ताले बेवास्ता गर्दा यस्ता संस्कृतिको अस्तित्व संकटमा परेको छ । उहाँले भन्नुभयो,“आधुनिकताले गाउँबाट मान्छे हराए,मान्छेसँगै गीत गाउने चलन हरायो, गीतमा आवश्यक पर्ने मौलिक बाजा हराए ।” नयाँ पुस्ताले आफ्ना मौलिक संस्कृतिको महसुस गर्न नपाएको उहाँको गुनासो छ ।
मौलिक संस्कृतिको संरक्षण गर्न र पुस्तान्तरण गर्न कार्यक्रम गर्न लागिएको क्लवका अध्यक्ष शंकर न्यौपानेको भनाई छ । मौलिक संस्कृति जगेर्ना गर्ने खालको सामाजिक कार्यक्रमको आयोजना गर्न तीजलाई खेली र रोईलामय बनाउन लागिएको अध्यक्ष न्यौपानेले बताउनु भयो । उहाँले भन्नुभयो,“रोईला र खेलीसँग सम्बन्धित कलाकारको सहभागितामा तीजलाई बिशेष बनाउँदै छौं ।”
खेली र रोइला गीत संरक्षणका लागि क्लवले विशेष अभियानकै रुपमा विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


