‘मिलन समीर र मिलन समीरहरु’ वर्ष पुस्तक पुरस्कार-२०८० द्वारा पुरस्कृत
नारी स्रष्टा समाजद्वारा हरेक वर्ष प्रदान गरिने प्रभुभक्त- छोरीनानी वर्ष पुस्तक पुरस्कार- २०८० पहिलोपटक सशक्त युवा कवि व्यक्तित्व मिलन समीरको ” मिलन समीर र मिलन समीरहरु ” ( शृङ्खला कविताहरु- २०८० ) लाई प्रदान गर्ने निर्णय गरिएको छ ।
नारी स्रष्टा समाजका अध्यक्ष सशक्त अग्रज साहित्यकार व्यक्तित्व ममता मृदुलको अध्यक्षतामा आज अर्थात् २०८१ असोज १० गते बिहीबार काठमाडौंमा बसेको नारी स्रष्टा समाजको बैठकमा गरिएको निर्णयअनुसार- हरेक वर्ष नेपाली भाषामा देशैभरिबाट प्रकाशित भएका विभिन्न विधाकेन्द्रित उत्कृष्ट साहित्यिक पुस्तकहरुमध्येबाट सर्वोत्कृष्ट पुस्तक छनौट गरि प्रदान गरिने प्रभुभक्त-छोरीनानी वर्ष पुस्तक पुरस्कार- २०८० ” पहिलोपटक मिलन समीर र मिलन समीरहरू ” ( शृङ्खला कविताहरु- २०८० ) पुस्तकलाई प्रदान गर्ने निर्णय गरिएको हो ।
२०८० सालमा नेपाली भाषामा देशैभरिबाट प्रकाशित भएर नारी स्रष्टा समाजमा प्राप्त भएका उत्कृष्ट साहित्यिक पुस्तकहरुमध्येबाट सर्वोत्कृष्ट पुस्तकको रूपमा निर्णायक समितिद्वारा सर्वसम्मत रूपमा छनोट भएको ” मिलन समीर र मिलन समीरहरु ” ( शृङ्खला कविताहरु- २०८० ) पुस्तकका स्रष्टा स्याङ्जाका सशक्त युवा कवि व्यक्तित्व मिलन समीरलाई पहिलोपटक प्रदान गरिन लागेको प्रभुभक्त- छोरीनानी वर्ष पुस्तक पुरस्कार सहृदयी सिर्जनशील व्यक्तित्व बिन्जु जोशी र सशक्त अग्रज आख्यानकार व्यक्तित्व बिक्रम भक्त जोशीद्वारा आफ्ना बुवाआमाको नाममा स्थापना गरिएको हो र यही वर्षदेखि प्रदान गर्न थालिएको हो ।
आगामी मङ्सिर १ गतेका दिन काठमाडौंमा आयोजना गरिने विशेष साहित्यिक समारोहमा यो वर्ष पुस्तक पुरस्कार प्रदान गरिनेसमेत निर्णय गरिएको छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …