फोटोग्राफरहरुले गरे मिर्गौला पीडितलाई सहयोग

हिमाल न्यौपाने/गल्याङ :
फोटोग्राफर मञ्च स्याङ्जाले मिर्गाैला पीडितलाई सहयोग गरेको छ । गल्याङ नगरपालिका–६ पिढिखोलाका शेरबहादुर थापाको श्रीमती २९ बर्षिया पुजा थापाको सहयोगका लागि मञ्चले नगद सहयोग गरेको हो । उहाँ दुवै मिर्गौला फेल भई काठमाण्डौंको टिचिङ अस्पतालमा उपचाररत हुनुहुन्छ । शेर बहादुर फोटो ग्राफर मञ्च स्याङजाका सदस्य समेत हुनुहुन्छ ।
पीडितका आफन्त रबिन थापालाई पुजाको उपचारका लागि रु १९ हजार ५ सय रुपैया हस्तान्तरण गरेको हो ।
२०७८ साल माघ २ गते जिल्लामा बिधिवत रुपमा दर्ता भई संचालनमा रहेको सस्थाले सस्थामा आबद्व भएका सदस्यहरुलाई परेको समस्यामा सहयोग र सहजीकरण गर्दै आएको फोटोग्राफर मञ्चका अध्यक्ष बिमल खनालले बताउनुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…