गल्याङ प्रिमियर लिग क्रिकेट : गल्याङ ईगल्स र गल्याङ ब्लास्टर फाईनलमा ।
वालिङ :
स्याङजाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को फाईनलमा गल्याङ ईगल्स र गल्याङ ब्लास्टर प्रतिस्पर्धा गर्ने भएका हुन् ।
पहिलो प्लेअफमा गल्याङ ईगल्ससँग पराजित भएको ब्लास्टरले दोस्रो प्लेअफमा गल्याङ युनाईटेडलाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।
गल्याङ क्रिकेट संघको आयोजनामा भईरहेको प्रतियोगितामा आठ समूह सहभागी रहेको आयोजक समितिका उपाध्यक्ष खगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
आठ वटै टिमले अक्सन मार्फत एक महिना अगाडि नै खेलाडि छनौट गरेका गल्याङ क्रिकेट संघका उपाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । प्रत्येक टिमले जिल्लाका बाहिरका ३÷३ जना खेलाडि समावेश गराएकाछन् भने अरु खेलाडि जिल्ला भित्रका नै रहेकाछन् ।
विभिन्न व्यवसायी र व्यक्तिहरुले आआफ्नो क्लव तयार गरी प्रतियोगितामा भाग लिएकाछन् ।
प्रतियोगितामा पहिलो हुनेले रु एक लाख र दास्रो हुनेले रु ५० हजार सहित विभिन्न पुरस्कार प्राप्त गर्ने उपाध्यक्ष भण्डारीको भनाई छ ।
जिल्ला भित्र रहेका क्रिकेट खेलाडीको पहिचान बढाउने र क्रिकेट खेललाई जिल्लामा व्यावसायिक गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
फाईनल खेल आईतबार गल्याङ नगरपालिका–१ मालुुङगाको खेल मैदानमा हुने गल्याङ क्रिकेट संघे जनाएको छ ।
तस्बिर ः गल्याङ प्रिमियर लिग । तस्बिर ः राधाकृष्ण डुम्रे ।
समाचार
थप सामाग्रीगण्डकीमा दुई तिहाइको सरकार, नौ सदस्यीय मन्त्रिपरिषद्
५ दिन अगाडि
मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि सुरेन्द्रराज पाण्डेले गण्डकीको मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । सोमबार नेकपा (एमाले) बाट चार मन्त्री थपिएपछि…