गल्याङ प्रिमियर लिग क्रिकेट : प्ले अफको समीकरण पुरा
वालिङ :
स्याङ्जाको गल्याङमा सञ्चालित ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) को प्ले अफ समीकरण पुरा भएको छ। गल्याङ क्रिकेट सङ्घको आयोजनामा भइरहेको प्रतियोगितामा गल्याङ ब्लास्टर, गल्याङ ईगल, रोयल च्यालेन्जर्स गल्याङ र गल्याङ युनाइटेड प्ले अफमा पुगेका हुन् ।
आयोजक समितिका उपाध्यक्ष खगेन्द्र भण्डारीका अनुसार पहिलो र दोस्रो स्थानमा रहेका गल्याङ ब्लास्टर र गल्याङ ईगल फाइनल प्रवेशका लागि पहिलो प्ले अफ खेल्नेछन् । यस्तै, रोयल च्यालेन्जर्स गल्याङ र गल्याङ युनाईटेडको विजेताले दोस्रो प्ले अफ खेल्नेछन् । प्रतियोगितामा आठ समूहको सहभागिता रहेको थियो ।
आठ वटै टिमले अक्सन मार्फत एक महिना अगाडि नै खेलाडी छनौट गरेका गल्याङ क्रिकेट सङ्घका उपाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । प्रत्येक टिमले जिल्लाका बाहिरका ३-३ जना खेलाडी समावेश गराएका छन् भने अरू खेलाडी जिल्ला भित्रका नै रहेका छन् ।
विभिन्न व्यवसायी र व्यक्तिहरूले आआफ्नो क्लब तयार गरी प्रतियोगितामा भाग लिएका छन् ।
प्रतियोगितामा पहिलो हुनेले रु एक लाख र दोस्रो हुनेले रु ५० हजार सहित विभिन्न पुरस्कार प्राप्त गर्ने उपाध्यक्ष भण्डारीको भनाइ छ ।
खेलहरू गल्याङ नगरपालिका–१ मालुङगा खेल मैदान र पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दी खेलमैदानमा सञ्चालन हुने सङ्घका अध्यक्ष ठगेन्द्र थापाको भनाइ छ । जिल्लाभित्र रहेका क्रिकेट खेलाडीको पहिचान बढाउने र क्रिकेट खेललाई जिल्लामा व्यावसायिक गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । आगामी भदौ २२ गते प्रतियोगिताका समापन हुनेछ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


