गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
गरिमा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त भएका छन् ।
बैंकको भदौँ ३१ गते सोमबार सम्पन्न सञ्चालक समितिको बैठक नंं. ३१२ को निर्णयले बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत अनिल रेग्मी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
विकास बैंकको सञ्चालक समितिले गरिमा विकास बैंक लिमिटेडमा विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट अनिल रेग्मीलाई असोज १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको हो ।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी २०८० चैत्र १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए ।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ बर्ष कार्य गरको अनुभव रहेको
छ ।
बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रहेका रेग्मीसंग बैंकिङ्ग लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभव समेत रहेको छ ।
काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


