गल्याङमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न ।

हिमाल न्यौपाने/गल्याङ :
राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा स्याङजाको गल्याङ नगरपालिकाले विद्यालय स्तरीय नृत्य प्रतियोगिताको आयोजना गरेको छ । गल्याङ नगरपालिकाको सिटि हलमा भएको कार्यक्रममा आधारभुत तहका २० विद्यालय सहभागी भएका थिए । सो बिद्यालयहरुवाट ५३ विद्यार्थी सहभागी भएका थिए । त्यसैगरी माध्यामिक तहका १९ विद्यालय सहभागी भएका थिए। जसमध्येवाट ५० विद्यार्थी सहभागी भएका थिए ।
पछिल्लो समय अतिरिक्त कृयाकलापवाट विद्यार्थीलाइ अगाढि बढाउनका लागि कार्यक्रमले ठुलो भुमिका खेल्ने गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराइले जानकारी दिनुभयो । प्रतियोगितावाट आधारभुत विद्यालय तर्फ लखन थापा प्रथम,गिनचौर ईङ्लिस बोडिङ स्कुल द्वितिय र सालघारी आधारभुत विद्यालय तृतिय भएका छन् । त्यसैगरी माध्यामिक तह तर्फ आदर्श आवासिय माध्यामिक विद्यालय प्रथम,चिराग माध्यामिक विद्यालय द्वितिय र नेस्नल ईङ्लिस बोडिङ स्कुल तृतिय भएका हुन् । शिक्षा शाखाका अग्निधर बस्यालको सभा दक्षतामा भएको कार्यक्रममा देवेन्द्र खनाल र पुरुषोत्तम बस्यालले संचालन गर्नुभएकाे थियाे ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…