जिल्ला आँखा उपचार केन्द्र वालिङलाई उपकरण प्रदान ।
राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जाको वालिङमा रहेको जिल्ला आँखा उपचार केन्द्रलाई अत्याधुनिक आँखा उपचार उपकरण प्रदान गरिएको छ ।
आई केयर फाउण्डेसनको ४० औँ स्थापना दिवसका अवसरमा स्याङ्जाको आँखा उपचार केन्द्रलाई उपकरण प्रदान गरिएको हो ।
आई केयर फाउण्डेसन नेदरल्यान्डस्का कार्यसमिति सदस्य ईन्दिरा रोम्बले र नेपाल निर्देशक अनिल गोर्खालीले जिल्ला आँखा उपचार केन्द्रका अध्यक्ष तथा वालिङ नगरपालिकाका पूर्व नगरप्रमुख दिलिप प्रताप खांणलाई उपकरण हस्तान्तरण गर्नु भएको हो । फाउन्डेसनले हिमालय आँखा अस्पताल पोखरा मार्फत केन्द्रलाई उपकरण प्रदान गरेको हो ।
मोतियाविन्दुको सल्यक्रिया गर्नको लागि आवश्यक उपकरण तथा औजार प्राप्त भएको अध्यक्ष खांणले बताउनु भयो । मोतियाबिन्दुको विरामीको उपचारका लागि नयाँ उपरकणहरु अति आवश्यक रहँदै आएको अध्यक्ष खांणले बताउनु भयो । दुई उपकरणको बजार मुल्य करिव करिव २७ लाख रुपैया रहेको अध्यक्ष खांणले जानकारी दिनुभयो ।
वालिङको आँखा उपचार केन्द्रमा प्रत्येक दुई महिनाको अन्तरालमा मोतियाबिन्दुको उपचार हुँदै आएको छ । दैनिक ३० देखि ५० जना सम्म आँखाको विरामी उपचारका लागि केन्द्रमा आउने गरेका केन्द्रको व्यवस्थापन गरिरहेको गह्रौं प्राथमिक अस्पतालका प्रमुख डाक्टर सुरज ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“आँखा उपचार गराउन अस्पतालमा दैनिक भीड लाग्ने गरेको छ, अत्याधुनिक उपकरणले उपचारमा झनै सहज हुने छ ।”
जिल्लाको मध्ये भागमा सञ्चालनमा ल्याईएको उपचार केन्द्रमा स्याङ्जा सहित पर्वतको दक्षिणी भेग,पाल्पाको पूवी भेग र गुल्मीको पूर्बी भेगका नागरिक उपचार गर्न आउने गरेका अस्पतालले जनाएको छ ।
केयर फाउण्डेसनको आर्थिक व्यवस्थापन र नेपाल नेत्र ज्योति संघको सहकार्यमा सन् १९८३ मा पोखरामा स्थापना गरिएको हिमालय आँखा अस्पतालले यस क्षेत्रका नागरिकको आँखाको उपचार गर्दै आएको छ । वालिङमा सञ्चालित जिल्ला आँखा उपचार केन्द्रलाई हिमालय आँखा अस्पतालले नै सहयोग गर्दै आएको छ ।
समाचार
थप सामाग्रीदहथुम बहुमुखी क्याम्पसमा ७१ जना विद्यार्थीलाई छात्रवृत्ति
३ दिन अगाडि
भीरकोट : दहथुम बहुमुखी क्याम्पसमा अध्ययनरत ७१ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ । भीरकोट नगरपालिकाको आर्थिक सहयोगमा क्याम्पसले शनिबार…