शिक्षाको विकासमा सबैको चासो हुनुपर्छ :प्रदेश प्रमुख भट्ट
स्याङ्जा :
गण्डकी प्रदेशका प्रमुख डिल्लीराम भट्टले शिक्षाको विकासमा सबैको चासो जानुपर्ने बताउनुभएको छ । फेदीखोला गाउँपालिकाले वडा नं–२, सिद्धार्थ माविमा गरिएको नवौँ संविधान तथा ४५ औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा प्रदेशका प्रमुख डिल्लीराम भट्टले उक्त कुरा बताउनुभएको हो ।
शिक्षा नभई केही नहुने बताउँदै प्रदेशका प्रमुख भट्टले शिक्षा नभएको नागरिकसँग सबै भएर पनि केही नहुने बताउनुभयो । फेदीखोलाले शिक्षाको क्षेत्रमा प्रगति गरेको बताउँदै अन्य पालिकाले समेत यसलाई अवलम्बन गर्नुपर्नेमा उहाँको जोड छ ।
“अहिले प्राविधिक शिक्षा आवश्यक छ र प्राविधिक क्षेत्रमा फेदीखोलाले फड्को मारेको छ”, उहाँले भन्नुभयो, “यहाँका पर्यटकीय गन्तव्यको विकासमा सरकारले प्राथमिकतामा राख्नुपर्छ ।”
कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख खड्कराज सुवेदीले शैक्षिक विकासको लागि शिक्षक मात्र नभई विद्यार्थी र अभिभावकको समेत सोही अनुसारको जिम्मेवारी हुने बताउनुभयो ।
यस्तै, कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देउकुमारी गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा शैक्षिक र्याली, झाँकी प्रदर्शनी गरिएको थियो भने उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी पुरकृत तथा सम्मान गरिएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


