झ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
स्याङ्जा:
अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गल्याङ नगरपालिका वडा नं.३ लल्याङ स्थायी घर भै बुटवल बसोबास गर्दै आउनुभएका आमा सीता भट्टराई छोरा दिपेश भट्टराई र छोरी दीपिका भट्टराईको दुखद निधन भएको हो ।
बुटवलको कालिका मानवज्ञान मा.वि. कक्षा १० मा अध्ययनरत दिपेश भट्टराई र दीपिका भट्टराईले नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियर २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बङ्गलादेश पुग्नुपर्ने भएका कारण उहाँहरु शुक्रबार काठमाडौ जानको लागि बुटवलबाट माइक्रो चढ्नुभएकाे थियाे ।
बुटवलबाट काठमाडौंको लागि छुटेको लु १ ज ४५७८ नम्बरको उनीहरू सवार रहेको माइक्रो शनिबार राती झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएको थियो । उहाँहरूसंगै त्यस ठाउँबाट १४ जनाको शव निकालिएको नागढुंगा प्रहरी विभागले जनाएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा कोरिया बस्दै आएका बुवा होमनाथ भट्टराई भने नेपाल आउने तयारीमा रहनुभएकाे छ ।
अहिले गल्याङ नगरपालिका वडा नं। ३ लल्याङ गाउँ पुरै शोकमा डुबेको छ । यसैक्रममा गल्याङ नगरपालिका वडा नं।३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईले पनि यो घटनाले अत्यन्तै मर्माहत बनाएको र शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै आवश्यक सहयोगमा जुट्ने प्रतिबद्धता जनाउनु भएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
१ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


