झ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
स्याङ्जा:
अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गल्याङ नगरपालिका वडा नं.३ लल्याङ स्थायी घर भै बुटवल बसोबास गर्दै आउनुभएका आमा सीता भट्टराई छोरा दिपेश भट्टराई र छोरी दीपिका भट्टराईको दुखद निधन भएको हो ।
बुटवलको कालिका मानवज्ञान मा.वि. कक्षा १० मा अध्ययनरत दिपेश भट्टराई र दीपिका भट्टराईले नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियर २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बङ्गलादेश पुग्नुपर्ने भएका कारण उहाँहरु शुक्रबार काठमाडौ जानको लागि बुटवलबाट माइक्रो चढ्नुभएकाे थियाे ।
बुटवलबाट काठमाडौंको लागि छुटेको लु १ ज ४५७८ नम्बरको उनीहरू सवार रहेको माइक्रो शनिबार राती झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएको थियो । उहाँहरूसंगै त्यस ठाउँबाट १४ जनाको शव निकालिएको नागढुंगा प्रहरी विभागले जनाएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा कोरिया बस्दै आएका बुवा होमनाथ भट्टराई भने नेपाल आउने तयारीमा रहनुभएकाे छ ।
अहिले गल्याङ नगरपालिका वडा नं। ३ लल्याङ गाउँ पुरै शोकमा डुबेको छ । यसैक्रममा गल्याङ नगरपालिका वडा नं।३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईले पनि यो घटनाले अत्यन्तै मर्माहत बनाएको र शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै आवश्यक सहयोगमा जुट्ने प्रतिबद्धता जनाउनु भएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


