संविधान दिवसमा फलफुल वितरण र रक्तदान
स्याङजा :
संविधान दिवसको अवसरमा स्याङ्जामा विविध कार्यक्रम मनाउन शुरु गरिएको छ । ३ दिनसम्म विविध कार्यक्रम गरी मनाउने कार्यक्रम तयभए अनुसार स्याङ्जामा रचनात्मक कार्यक्रम गरी संविधान दिवस मनाउन शुरु गरिएको हो । असोज २, ३ र ४ गते सम्म संविधान दिवस मनाउन जिल्ला समन्वय समिति स्याङ्जाले अनुरोध समेत गरेको छ ।
संविधान दिवसको अवसरमा जिल्ला समन्वय समिति स्याङ्जा, पुतलीबजार नगरपालिका र जिल्ला प्रशासन कार्यालय सहित जिल्लाका सामाजिक संघसंस्थाको संयुक्त आयोजनामा कारागारामा रहेका कैदीबन्दीलाई फलफुल वितरण गरिएको छ । फलफुल वितरण पछि जिल्ला प्रहरी कार्यालयमा रक्तदान समेत आयोजना गरिएको जिल्ला रेडक्रस स्याङ्जाका सभापति दिनेश अर्यालले जानकारी दिए । सभापति अर्यालका अनुसार कारागारमा रहेका कैदीबन्दीहरु मध्ये १४ जना र ६ जना सरकारी कर्मचारीले रक्तदानमा सहभागी भएका थिए ।
पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल र प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले रक्तब्याग हस्तान्तरण गरेर रक्तदानको उदघाट गरिएको थियो । संविधान दिवसको अवसरमा २० युनिट रगत संकलन गरिएको छ । जनताले लडेर ल्याएको संविधानले हरेक नेपालीलाई अधिकार प्रदान गरेको पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले बताए । ३ दिन जिल्लाका सबै पालिकाले हसोल्लास सहित संविधान दिवस मनाउन नगर प्रमुख रेग्मीले आग्रह गरे । रक्तदान र कारागारका कैदीबन्दीलाई फलफुल पुतलीबजार नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको थियो ।
तिनदिने कार्यक्रममा रक्तदान, फरक क्षमताका बालबालिकालाई सहयोगी सामाग्री बितरण, बृक्षरोपण, जेष्ठ नागरिकका स्वास्थ्य परिक्षण, रेडियो कार्यक्रम परिसम्वाद, सरसफाई जस्ता सामाजिक कार्यक्रम गर्ने निर्णय भए अनुसार असोज २ गतेबाट कार्यक्रम शुरु गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । यसैगरी, असोज ३ गते बिहान प्रभातफेरि सहितको कार्यक्रम गरिने भएको छ भने ३ दिनसम्म घरघरमा, सवारी साधन र कार्यालयहरुमा राष्ट्रिय झण्डा राख्ने र साँझ दिप प्रज्वलन गरि मनाउने जिल्लामा बसेको बैठकले निर्णय गरेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


